Thursday 30th of July | २०८३ श्रावण १४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

गोरक्षेश्वर धामलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिँदै

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण १४ बिहीबार | (रासस)
newsabhiyan

बागमती, १४ साउनः गोरक्षेश्वर धामलाई धार्मिक पर्यटकको गन्तव्यस्थलका रुपमा विकास गरिँदै आएको छ । 

धाममा हेटौँडाको राप्ती नदी तरेसँगै बजारको मुख्य प्रवेशद्वारमा अवस्थित छ । हेटौँडा उपमहानगरपालिका–१० मा यो धाम पर्छ । परिसरभित्र हनुमान, शनि, शिव पञ्चायन १०८ शिवलिङ्ग, सरस्वती, नाग मन्दिरलगायत विभिन्न धार्मिक सम्पदा रहेका छन् ।

विसं २०४४ मा धाम र २०५६ मा संस्कृत वेद विद्यालय स्थापना भएसँग यो क्षेत्र धार्मिक पर्यटकका लागि आर्कषक केन्द्र बन्दै गएको धाम क्षेत्र विकास समितिका अध्यक्ष उत्तमशर्मा ढकालले जानकारी दिनुभयो ।
 
यस क्षेत्रको समग्र विकासलाई लक्षित गरी पटकपटक महायज्ञ सम्पन्न भएका छन् ।  महायज्ञमा सङ्कलन भएका दान रकमबाट एक धर्मशाला र ढिकुरी पाटी निर्माण गरिएको छ । 

कोठा भाडामा लिएर बस्ने व्यक्तिलाई काजक्रिया गर्न सहयोग होस् भन्ने उद्देश्यले ढिकुरी पाटी एवं क्रियापुत्री भवन निर्माण गरिएको हो ।
     
व्यक्तिको आर्थिक अवस्थालाई मनन गर्दै सहुलियत शुल्कमा दाहसंस्कारको प्रबन्ध गरिएकोको छ । विभिन्न समुदायका व्यक्तिको दाहसंस्कारका लागि रु दुई हजार र १३ दिनको काजक्रियाका लागि रु १५ हजार शुल्क निर्धारण गरिएको छ ।  
 
धामअन्तर्गत करिब पाँच कठ्ठा जग्गा उपलब्ध गराएर परिसरभित्र संस्कृत वेद विद्यालाय स्थापना गरिएको छ । संस्कृत वेद विद्यालयमा देशका विभिन्न भूभागबाट आएका ४० जना विद्यार्थीलाई आवाशीय व्यवस्थासहित पठनपाठन गराउँदै आइएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण थापाले बताउनुभयो ।
    
यस धाममा नियमित पूजाआजाका लागि पुजारी व्यवस्था गरिएको छ । धामको  सम्पत्ति  संरक्षण तथा रेखदेखका लागि दुई जना कर्मचारी र थप दुई सुरक्षाकर्मीले सुरक्षा दिएका छन् ।
      
भक्तजनले पूजामा चढाउने भेटी पुजारीको हुने व्यवस्था छ । बाला चतुर्दशीमा ठूलो मेला लाग्ने गरेको छ । समितिको आयोजनामा १५ वर्षदेखि महिनाको अन्तिम सोमबार गङ्गा आरती गरिन्छ ।   

धाम व्यवस्थापनका लागि वार्षिक रु १० लाख आवश्यक पर्छ । सो रकम दानबाट सङ्कलन हुने गरेको छ । 

पार्किङ सुविधा आयआर्जनमा सहयोगी बनेको छ । भारतीय धार्मिक पर्यटक यहाँ आउँछन् । स्नान गर्छन र हेटौँडा घुमेर फर्कन्छन । उनीहरुले गाडी पार्किङ गर्दा रु आठसय ८०० र आन्तरिक पर्यटकसँग रु पाँचसय शुल्क लिने गरिएको छ ।   

धाम परिसरमा गौशाला स्थापनाको अवधारणा अघि बढेको छ । २०६७÷२०६८ सालमा अवधारणा बने पनि मूर्तरुप हासिल हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan