Thursday 30th of July | २०८३ श्रावण १४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

आइसिसी विश्वकप क्रिकेट लिग २ः नेपालद्वारा नेदरल्यान्ड्ससामु १५८ रनको लक्ष्य

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण ७ बिहीबार |

काठमाडौँ, ७ साउनः आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले नेदरल्यान्ड्ससामु जितका लागि १५८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

    नेदरल्यान्ड्सको युट्रेच्टमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४४.४ ओभरमा सबै विकेट गुमाउँदै १५७ रन मात्र बनाउन सक्यो । नेपालका लागि आरिफ शेखले सर्वाधिक ४१ रन बनाए । त्यस्तै गुल्सन झाले २९, दीपेन्द्रसिंह ऐरीले २१, आसिफ शेखले १४ तथा करण केसीले अविजित १३ रन जोडे । अन्य ब्याट्सम्यानले उल्लेख्य रन बनाउन सकेनन् ।

    बलिङतर्फ नेदरल्यान्ड्सका लागि एलेक्स रोय र रोलोफ भान डर मर्वेले समान ३–३ विकेट लिए । लोगन भान विकले २ तथा काइल क्लाइनले एक विकेट लिए । एक सय ५८ रनको लक्ष्य पाएको नेदरल्यान्ड्स अहिले जवाफी ब्याटिङ गरिरहेको छ ।  
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan