Thursday 30th of July | २०८३ श्रावण १४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

दलित महिलाहरूलाई ‘डिजिटल’ साक्षरता प्रशिक्षण

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण १३ बुधबार | रासस

 जनकपुरधाम, १३ साउनः साइवर अपराध र अनलाइन ठगीबाट जोगिन धनुषाका दलित तथा सीमान्तकृत महिलालाई ‘साइवर’ सचेतनासम्बन्धी तालिम दिइएको छ ।

दलित महिला सङ्घले जनकपुरधाममा धनुषाका ३० दलित तथा सीमान्तकृत महिलालाई डिजिटल प्रविधिको सुरक्षित प्रयोगबारे डिजिटल साक्षरता तथा साइवर अपराधसम्बन्धी तालिम दिएको हो ।

तालिममा सहभागी महिलाहरूले फेसबुक, म्यासेन्जर, इन्स्टाग्राम, वाट्सएपलगायत सामाजिक सञ्जालमार्फत हुने फेक आइडी, ह्याकिङ, आर्थिक ठगी, व्यक्तिगत विवरण दुरुपयोग तथा अनलाइन दुव्र्यवहारबाट कसरी जोगिने भन्ने विषयमा व्यावहारिक तथा आधारभूत जानकारी प्राप्त गरेको बताएका छन् । 

तालिमका क्रममा मोबाइल र इन्टरनेटको सुरक्षित प्रयोग, बलियो पासवर्ड बनाउने तरिका, अपरिचित लिङ¬्क र सन्देशको जोखिम पहिचान गर्ने उपाय, गोपनीयता सुरक्षित राख्ने अभ्यास तथा साइवर अपराध भएमा कहाँ र कसरी उजुरी गर्ने भन्ने विषयमा प्रशिक्षण दिइएको दलित महिला सङ्घ धनुषाका अध्यक्ष सरस्वती मण्डलले बताउनुभयो ।
  
अध्यक्ष मण्डलले डिजिटल माध्यमको सही प्रयोगले शिक्षा, सूचना, व्यवसाय तथा सामाजिक सशक्तीकरणमा महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । तालिमका सहभागी महिलाहरूले तालिमबाट प्राप्त ज्ञानलाई आफ्ना परिवार र समुदायसम्म पुर्याउने प्रतिबद्धतासमेत जनाएका छन् ।

दलित महिला सङ्घ धनुषका कार्यक्रम संयोजक सिजेन्द्र सदाका अनुसार यस्ता कार्यक्रमले दलित समुदायका महिलालाई डिजिटल रूपमा सक्षम, आत्मविश्वासी र साइवर जोखिमप्रति सचेत बनाउँदै सुरक्षित डिजिटल समाज निर्माणमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan