Sunday 4th of October | २०८३ असोज १८ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

देशको १३ शहरका सांगीतक टुर गर्दै प्रकाश सपुत, प्रमोदसहित परम्परा र फिरन्ते

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज ७ बुधबार |
newsabhiyan

काठमाडौं । गायक'प्रकाश सपुत र भाका नेपाल', 'प्रमोद र परम्परा ब्याण्ड' तथा 'फिरन्ते ब्याण्ड' ले एकसाथ सांगीतिक टुर गर्ने भएका छन् । 'सुरताल म्युजिकल टुर २०८३' नाम दिइएको सांगीतिक टुर देशका ७ वटै प्रदेशका १३ प्रमुख शहरहरूमा आयोजना हुने भएको हो । 

यहि असोज १० गते धनकुटाको हिलेबाट सुरु हुने यस सांगीतिक यात्रा सुरताल इभेन्ट एण्ड एम्युजमेन्ट प्रा.लि.को आयोजनामा हुन लागेको हो । जसमा दर्शकहरूले नेपाली संगीतका बहुचर्चित हस्तीहरूको लोकप्रिय तथा नयाँ गीतहरुबाट मनोरञ्जन लिन पाउनेछन् ।

टुरमा कलाकारहरूले दर्शकलाई परम्परागत कन्सर्ट भन्दा भिन्न र अविस्मरणीय अनुभव दिलाउने तयारी गरेका छन् । टुरमा प्रकाश सपुतका चर्चित एवं सन्देशमूलक गीतहरूसँगै प्रमोद र परम्परा ब्याण्ड तथा फिरन्ते ब्याण्डको ऊर्जावान् लाइभ प्रस्तुति रहनेछ । प्रकाश सपुत यस पटक ट्र्याकमा भन्दा पनि भाका नेपाल ब्याण्ड सहित लाइभ प्रस्तुतिमा देखिनेछन् ।

कार्यक्रमलाई अझ भव्य बनाउन अत्याधुनिक साउण्ड, भव्य लाइट, लाइभ इन्स्ट्रुमेन्ट तथा गीतको भावअनुसार कोरस डान्स र मञ्चीय अभिनयलाई समेत संयोजन गरिने आयोजकले जनाएको छ । दर्शकलाई सांगीतिक माहोलमा बाँधिराख्न कार्यक्रम निशा पन्थीले संचालन गर्नेछिन् ।

यो कार्यक्रम सांगीतिक मनोरञ्जन मात्र नभई कलाकारहरू सामाजिक उत्तरदायित्वमा समेत जोडिएका छन् । कार्यक्रमको खर्च कटाएर हुने सम्पुर्ण आम्दानीको २० प्रतिशत रकम बाढी तथा विपद् प्रभावित नागरिकको राहत र पुनस्र्थापनाका लागि प्रदान गरिने आयोजकले जानकारी दियो ।

यसअघि पोखराबाट सुरु हुने तयारी गरिएको टुर बाढीका कारण उत्पन्न परिस्थितीका कारण पोखरा र धरानका कार्यक्रम हाललाई स्थगित गरी हिलेबाट सुरु गर्न लागिएको सुरताल इभेन्टका अध्यक्ष प्रशान्त सुनारले बताए ।

उनले भने, 'यो सांगीतिक अभियान केवल मनोरञ्जनमा सीमित नभई विपद्को समयमा नागरिकसँग एकाकार हुने र नेपाली मौलिक संगीतलाई देशका कुना–काप्चासम्म पु¥याउने साझा संकल्प हो ।'

असोज १० मा धनकुटा -हिले)बाट भब्य उद्घाटन सहित सुरु हुने कार्य १४ गते तेह्रथुम, १७ खाँदबारी, १९बर्दिबासमा पुगेर सकिनेछ ।

त्यसपछि मंसिर २ गते महेन्द्रनगरबाट सुरु हुने दोस्रो चरणको कार्यक्रम ५ गते धनगढी, ८ गते नेपालगञ्ज, १२ गते सुर्खेत, १६ गते तुलसीपुर, १९ गते बुटवल र २६ गते चितवनमा आयोजना हुनेछ । त्यसपछि पोखरा र धरानसँगै कार्यक्रम सकिनेछ ।

देशका विभिन्न भूगोल र दर्शकमाझ नेपाली संगीतको मौलिक सुर र ताल पस्कन कलाकारहरूको टोली पूर्ण तयारी समेत सकिसकेको आयोजकले जनाएको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan