पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ
न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज ११ आइतबार |
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन्।
जबरालाई गएराति काठमाडौंको महाराजगञ्जस्थित निवासबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले पक्राउ गरेको स्रोतले पुष्टि गरेको छ।
जबराविरुद्ध कुन कसुरमा अनुसन्धानका लागि पक्राउ गरिएको हो भन्नेबारे भने प्रहरीले औपचारिक रूपमा जानकारी सार्वजनिक गरिसकेको छैन।
जबराले २०७५ देखि २०७९ सम्म नेपालको प्रधानन्यायाधीशका रूपमा जिम्मेवारी सम्हालेका थिए।
