बझाङमा जिप दुर्घटनाः चालकको मृत्यु, घाइतेको उद्धार
न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज १६ शुक्रबार |
बझाङ । बझाङ जिल्लाको सुर्मा गाउँपालिका–२ डोगडी स्थित चैनपुर–दौलिचौरको भित्री सडकखण्डमा जिप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
असोज १५ गते दौलिचौरबाट चैनपुरतर्फ आउँदै गरेको सु.प.प्र.०२००१ ज १०९५ नम्बरको यात्रुवाहक बोलेरो जिप अचानक ब्रेक फेल भई सडकबाट करिब ३० मिटर तल खसेको थियो । दुर्घटनामा मण्डउडी बस्ने २६ वर्षीय चालक कुन्दन बोहराको घटनास्थलमै मृत्यु भएको हो ।
घटनाको खबर प्राप्त हुनासाथ सशस्त्र प्रहरी नायब निरीक्षक राम बहादुर बोहराको कमाण्डमा खटिएको टोलीले उनीहरुको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल बझाङ पठाएको छ । घाईते भएका दुई जनाका अवस्थामा भने सामान्य रहेको छ ।
