Sunday 4th of October | २०८३ असोज १८ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

संसदीय विशेष समितिको सभापति बुधबार चयन हुने

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज १२ सोमबार |
newsabhiyan

काठमाडौँ, १२ असोजः हिमालमा जलवायु परिवर्तन तथा भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको सभापति आगामी बुधबार चयन गरिने भएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले उक्त संसदीय विशेष समितिको सभापति चयनका लागि बुधबार निर्वाचन हुने गरी तालिका तोक्नुभएको हो । निर्वाचन बुधबार दिउँसो २ः०० बजे हुनेछ ।
 
गत भदौ १० गते रसुवाको भोटेकोशी नदी भएर आएको विनाशकारी बाढी र त्यसले रसुवा, नुवाकोट, धादिङलगायत जिल्ला र आसपासका क्षेत्रमा गरेको मानवीय तथा भौतिक क्षतिको पृष्ठभूमिमा प्रतिनिधिसभाले १५ सदस्यीय उक्त संसदीय विशेष समिति गठन गरेको थियो ।
 
संसद्ले उक्त समितिको कार्यावधि तीन महिना तय गरेको छ र यसको म्याद पछि थप गर्न सकिने प्रावधान पनि राखिएको छ ।

भोटेकोशी-त्रिशूली विपद्को कारण, यसको प्रभाव तथा क्षतिको अध्ययन तथा अनुगमन, विपद्को उत्पत्ति, घटनाक्रम, तत्काल कारण र जोखिम तीव्र बनाउने कारकको वैज्ञानिक प्रमाणमा आधारित अध्ययन यसको कार्यक्षेत्र रहेको छ ।
 
साथै समितिको कार्यदेशमा हिमालमा जलवायु परिवर्तनको प्रभावको अध्ययन, जलवायु परिवर्तनसँगको सम्भावित सम्बन्ध, सीमापार जलाधारको प्रभाव तथा तल्लो तटीय क्षेत्रमा परेको असरको समीक्षा गर्ने पनि कार्यादेश दिइएको छ ।

समितिले खोज, उद्धार, राहत तथा पुनःस्थापनाका सम्बन्धमा पनि आवश्यक अनुगमन तथा कार्य गर्नेछ । समितिले विपद् जोखिम न्यूनीकरण तथा पूर्वचेतावनी प्रणालीका सम्बन्धमा अधययन गरेर आवश्यक सुझावहरु प्रस्तुत गर्नेछ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan