Sunday 4th of October | २०८३ असोज १८ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

चर्चित उपन्यास ‘एक चिहान’ कान्तिपुर थिएटरमा मञ्चन हुँदै

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज १३ मंगलबार |

काठमाडौँ, १३ असोजः हृदयचन्द्र सिंह प्रधानको चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक यही असोज १६ गतेदेखि काठमाडौँ गैरीधारास्थित कान्तिपुर थिएटरमा मञ्चन हुँदैछ ।

नाटक मञ्चनबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा यही असोज १६ गतेदेखि नियमित रूपमा उक्त नाटक प्रदर्शन गरिने जानकारी दिइएको छ ।

बुधबारबाहेक हरेक दिन साँझ ५ः३० बजे उक्त नाटक मञ्चन हुनेछ । सार्वजनिक बिदाका दिन दिउँसो १ः३० बजे पनि नाटक हेर्न सकिने आयोजकले जनाएको छ । नाटकका निर्माता सफलजङ्ग शाह रहनुभएको छ ।

यसअघि बुटवल, चितवन, हेटौँडा, काठमाडौँ र सुर्खेतलगायतका सहरमा १० पटक उक्त नाटक मञ्चन भइसकेको नाटक निर्देशक नकुल पौड्यालले जानकारी दिनुभयो ।

उहाँका अनुसार समाज, शिक्षा र मनोविज्ञानको ऐनाका रूपमा रहेको उक्त नाटकले सामाजिक यथार्थ र मानवीय मनोविज्ञानलाई प्रभावशाली ढङ्गले चित्रण गरेको छ । उपन्यासमा आधारित त्यस नाटकले समाजका विविध पक्षलाई कलात्मक रूपमा प्रस्तुत गरेको छ ।

नाटकमा रूपा थापा मगर, पुष्पेन्द्र खड्का, गोपाल महतरा, भिरुन पौडेललगायत कलाकारको अभिनय रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan