Sunday 4th of October | २०८३ असोज १८ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

टर्कीएमा खानी दुर्घटनामा ६ जनाको मृत्यु

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज १६ शुक्रबार | (रासस/सिन्ह्वा)

टर्कीएमा भएका दुई छुट्टाछुट्टै खानी दुर्घटनामा ६ जना कामदारको मृत्यु भएको छ । पश्चिमी टर्कीएको मनिसा प्रान्तस्थित सोमामा बिहीबार खानी भत्किँदा सात जना कामदार फसेका थिए । उद्धार टोलीले दुई जनाको शव निकाल्नुका साथै दुई जनालाई जीवितै उद्धार गरी अस्पताल पु¥याएको थियो । शुक्रबार बिहान खानीभित्र फसेका थप तीन जनाको शव फेला परेपछि मृतकको संख्या पाँच पुगेको हो ।

दुर्घटनापछि खानी सञ्चालन गर्ने कम्पनीका व्यवस्थापकसहित नौ जना अधिकारीलाई सम्भावित लापरबाहीको आरोपमा नियन्त्रणमा लिइएको छ । सोमा सन् २०१४ मा भएको विनाशकारी खानी दुर्घटनाका कारण पनि चर्चित छ, जहाँ ३०१ जनाको ज्यान गएको थियो ।
यसैबीच, टर्कीएको उत्तरपश्चिमी क्षेत्रमा रहेको किलिम्ली नजिकै अर्को अनुमति नभएको खानी भत्किँदा एक कामदारको मृत्यु भएको छ । गम्भीर घाइते उनलाई अस्पताल पु¥याए पनि उपचारका क्रममा मृत्यु भएको हो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan