Sunday 4th of October | २०८३ असोज १८ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

चितवनका १०१ पत्रकारको आँखा परीक्षण

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज १७ शनिबार |

चितवन, १७ असोज : नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालमा आज १०१ जना पत्रकारको आँखा परीक्षण गरिएको छ । नेपाल पत्रकार महासङ्घ चितवन शाखाले आयोजना गरेको निःशुल्क आँखा शिविरमा उनीहरूको आँखा परीक्षण गरिएको हो । 

शिविरमा आवश्यक चश्मा र औषधिसमेत निःशुल्क वितरण गरिएको थियो । महासङ्घका जिल्ला अध्यक्ष वसन्त पराजुलीका अनुसार शाखाका सदस्य र अन्य क्रियाशील पत्रकारहरूको आँखाको परीक्षण गरिएको छ । विगत वर्षमा झै यस वर्ष पनि भरतपुर आँखा अस्पतालसँग सहकार्य गरेर शिविर गरिएको उहाँले बताउनुभयो ।
 
शिविरमा शल्यक्रिया गर्नुपर्ने देखिएका तीन जना पत्रकारको अस्पतालले सहुलियत दररेटमा समय अनुकूल मिलाएर गर्ने अस्पतालका सूचना अधिकारी रमेश घिमिरेले जानकारी दिनुभयो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan