Sunday 4th of October | २०८३ असोज १८ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सरकार स्वेच्छाचारिताको मार्गतर्फ उन्मुख, आफ्नो असफलता लुकाउन जेनजीहरूमाथि दोष

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज १८ आइतबार |
newsabhiyan

काठमाडौं, १८ असोज ।  असोज १० गते सरकारले सर्बोच्च अदालतका पूर्व प्रधानन्यायाधिश चोलेन्द्र शमशेर राणालाई मध्यरातमा पक्राउ गरी प्रहरी कार्यालयमा पु¥याएपछि प्रहरीले पूर्व न्यायाधिश राणालाई जेनजीहरूको थ्रेट रहेका बताएको थियो ।

२०८२ भाद्र २३ गते जेनजीहरूले विरोध प्रदर्शनलाई हाइज्याक गरेर आफ्नो स्वार्थ पूर्ति गर्नेहरू नै अहिले सत्तामा रहेको छ । बालेन सरकार त्यही जेनजीहरूको बुई चढेर सत्तामा पुगेको हो । तर, अहिले आफ्नो असफलता लुकाउनैका लागि राणालाई जेनजीहरूको थ्रेट रहेका बताउँदै मध्यरातमा पूर्व प्रधानन्यायाधिशलाई पक्राउ गर्नु र करिब १२ घण्टापछि रिहा गर्नु विपक्षी दलहरूलाई तर्साउन खोज्नु नै हो ।

हामीले चाहेको खण्डमा पूर्व प्रधानन्यायाधिशलाई पक्राउ गरी १०/१२ घण्टा प्रहरी कार्यालयमा कसैसँग भेटघाट गर्न नदिई राखौ भने तिमीहरूलाई त के भन्ने देखाउन खोजेको हुन सक्छ ।

राणालाई भेट्न मानव अधिकार आयोगको टोलीलाई समेत दिएनन् । पूर्व प्रधानन्यायाधिश रहिसकेका व्यक्तिलाई प्रहरीले भेटन दिएन भने सामान्य मानिसको अवस्था कस्तो होला ?

रास्वपा नेतृत्वको बालेन सरकार पछिल्लो समयमा संविधान ऐन कानुनको पालना गर्न चुकेको भएपनि त्यस विषयमा रास्वपा भने मौन रहेको छ ।

पूर्व प्रधानन्यायाधिश राणालाई पक्राउ गरेको विषयमा संसदमा कुरा उठेको भएपनि त्यस विषयमा नत रास्वपा बोलेको छ न त संसदमा रास्वपाका सांसदहरू नै बालेका छन् ।

मानौँ उनीहरूको मुखमा बुझो लागेको छ । रास्वपाका सांसद एवं प्रवक्ताले त यस विषयमा बोल्नुपर्ने आवश्यकता नै नभएको अभिव्यक्ति दिएका छन् ।

यहि विषयमा सर्बोच्च अदालतको फूल कोटको बैठक असोज १२ गते बसेको थियो सो बैठकमा प्रधानन्यायाधिश सहित सबै न्यायाधिशहरूको उपस्थिति रहेका थियो ।

सो बैठकले कानुनको पालना गर्न आग्रह गर्दै यस्तो कार्य स्वच्छाचारिता देखिएको भन्दै यस्तो कामलाई लोकतान्त्रिक शासन प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोटको बैठकपछि जारी गरिएको विज्ञप्तिमा जनाइएको छ ।

दुई तिहाईको दम्भ र घमण्डले सरकार प्रतिशोधको राजनीतिमा मात्र लागेको छैन स्वेछाचारिताको मार्गतर्फ उन्मुख हुँदै गएको छ । 

आफ्नो असफलता लुकाउन जेनजीहरूमाथि दोष
२०८२ भाद्र २३ गतेको जेनजीहरूको विरोध प्रदर्शनलाई हाइज्याक गरेर सत्ताको नेतृत्वमा पुगेको रास्वपा नेतृत्वको बालेन सरकारले अहिले तिनै जेनजीहरूको विरोध गर्न थालेको छ ।

सर्बोच्च अदालतका पूर्व प्रधानन्यायाधिशलाई जेनजीहरूको थ्रेट रहेको भन्दै असोज १० गते मध्यरातमा पूर्व प्रधानन्ययाधिशलाई पक्राउ गरियो ।

संविधान, कानुन र मर्यादाका समेत उल्लंघन गर्दै थ्रेट दिनेलाई होइन थ्रेट पाउनेलाई पक्राउ गरेर बालेन सरकारले एक तिरले दुई सिकार गर्न खोजेको जस्तो देखिएको छ ।

सरकारले निजी क्षेत्रका सञ्चारमाध्मलाई आर्थिक नाकाबन्दी मात्र लगाएको छैन २०१६ सालदेखि दिँदै आएको लोककल्याणकारी विज्ञापनको रकममा समेत कटौती गरेको छ ।

नजी क्षेत्रका सञ्चारमाध्यममा कार्यरत रहेका पत्रकार कर्मचारीहरूले लोककल्याणकारी विज्ञापनको रकम कटौती गरेकामा विरोध जनाउँदै विरोध प्रदर्शन गरिरहेका भएपनि त्यसतर्फ सरकारले समस्याको समाधान गर्ने पहल सम्म गरेको छैन ।

ठीक त्यही बेला पूर्व प्रधानन्यायाधिशलाई मध्यरातमा पक्राउ गरेर करिब १२ घण्टा पछि रिहा गरेको छ । पक्राउ परेका पूर्व प्रधानन्यायाधिश चोलेन्द्र शमशेर राणालाई प्रहरी कार्यालयमा भेट्न पुगेको मानव अधिकार आयोगको टोलीलाई समेत राणालाई भेट्न दिएन ? आखिरी किन ?

रास्वपा नेतृत्वको बालेन सरकारले पूर्व विशिष्ट पदाधिकारीलाई विना आधार पक्राउ गर्नु र १२ घण्टापछि रिहा गर्न विपक्षी दल र सरकारको विरोध गर्नेहरूलाई तर्साउनकै लागि राणालाई पक्राउ गरिएको हुन सक्छ ।

सरकारले राणालाई जेनजीहरूको थ्रेट रहेको बताएपछि जेनजीहरूले त्यसको विरोध गरेका छन् । उनीहरूले कसले थ्रेट ग¥यो त्यसको नाम सार्वजनिक गर्न सरकारसँग आग्रह समेत गरिसकेको भएपनि सरकार मौन रहेको छ ।

जेनजीहरूलाई देखाएर २०८२ भाद्र २३ गते जेनजीहरूको विरोध प्रदर्शन गर्ने र त्यही विरोध प्रदर्शनलाई हिंसात्मक बनाएर भाद्र २४ गते मुलुकभरमै विध्वसात्मक कार्य गर्नेहरू नै अहिले सरकारमा रहेका छन् ।

भाद्र २४ गतेको घटनामा संलग्न रहेका व्यक्तिहरू मध्येका सुधन गुरुङ गृहमन्त्री रहेका छन् भने कुनै अँध्यारो कोठामा बसेर जेनजीहरूलाई निर्देशन दिने व्यक्ति नै प्रधानमन्त्री रहेका भएपनि किन सरकारले जेनजीहरूलाई थ्रेट दिएको आरोप लगाएको खबर अभियान साप्ताहिकमा उल्लेख छ ।

रास्वपाले राणा पक्राउको विषयमा कुनै प्रतिक्रिया जनाउनु नपर्ने उद्घोष रास्वपाका प्रवक्ताले बताएका हुनाले सरकार आफ्ना विपक्षीहरूलाई तर्साएर राज्य सञ्चालन गर्न चाहिरहेको छ भन्ने प्रष्ट रुपमै देखिएको छ ।

सरकारले पहिला विपक्षी दलहरू तर्साउन खोज्यो, त्यसपछि निजी क्षेत्रका सञ्चारमाध्यममा आर्थिक नाकाबन्दी लगायो । पछिल्लो चरणमा पूर्व प्रधानन्यायाधिशलाई पक्राउ ग¥यो ।

यी सबै काण्ड हुँदा पनि रास्वपा सभापति मौन रहनुको अर्थ के हुनसक्छ ? त्यसको एउटै अर्थ हो उनीसमेत सरकारको यस कार्यमा सहमत रहेका छन् भन्ने होइन र ?

यो पनि पढ्नुहोस् :
संयुक्त राष्ट्रसंघदेखि सिंहदरबारसम्म : भाषण नेपालीको सम्पत्ति, अब प्रश्न कामको,‘को खतरा?’ भन्दा पनि ‘खतरा के हो?’

राष्ट्रसंघमा हिमालको आवाज : बालेनले संसारलाई के सुनाउलान् ?

एआईको कृत्रिम उचाइमा प्रधानमन्त्रीको वास्तविक कद बढ्छ कि घट्छ ?

बालेन अमेरिका उड्दा बदलिँदै ‘विदाइ संस्कार’ : सलामीदेखि सरकारी भीडसम्मलाई ब्रेक

अमेरिकामा पनि बालेनको परिक्षा, राजदूत नियुक्तिमा पनि नाटक

सकसमा बालेन सरकार: संकटको चाप बढ्दै : भाषणको चमकमा जनताको भान्सा र बाढीको पीडा

सरकार ! नागरिकमा किन निराशा बढ्दै छ ? किन मृत्यु रोज्दै छन् ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan