Monday 5th of October | २०८३ असोज १९ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

जुवातास खेलिरहेको अवस्थामा २० जना पक्राउ

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज १९ सोमबार |
newsabhiyan

काठमाडौं, १९ असोज  : काठमाडौं, गोकर्णेश्वर नगरपालिका-९ गैरीगाउँ सुनखरी टोलबाट जुवातास खेलिरहेको अवस्थामा काठमाडौं बौद्ध नयाँबस्ती बस्ने दोलखा जिरी नगरपालिका-३ घर भएका ४८ वर्षीय ङिम लाक्पा शेर्पा समेत ९ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९१ हजार ५ सय रूपैयाँ र ८ बुक तास सहित पक्राउ गरेको हो । 

झापा, मेचीनगर नगरपालिका-१० धुलाबारीस्थित सेकुवा कर्नरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-१० बस्ने ३७ वर्षीय किरण लम्साल समेत ७ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ८ हजार ५ सय २० रूपैयाँ र ८ बुक तास सहित पक्राउ गरेको हो । 

बाँके, नेपालगंज उपमहानगरपालिका-५ रामनगरस्थित क्याफेमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-५ बस्ने ३५ वर्षीय सन्तोष गुप्ता समेत ४ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँके समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९२ हजार रूपैयाँ र ८ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan