Tuesday 6th of October | २०८३ असोज २० मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

राजदूत संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २० मंगलबार | (रासस)
newsabhiyan

काठमाडौँ, २० असोजः सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिले प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ यही असोज २६, २७ र २८ गते गर्ने भएको छ ।

समितिको आज बसेको बैठकमा सभापति बोधनारायण श्रेष्ठले असोज २६ र २७ गते सामान्य प्रकृतिका उजुरी वा सुझाव परेका प्रस्तावित राजदूतहरूको सुनुवाइ गर्नेगरि तयारी भइरहेको जानकारी दिनुभयो । 
  
बाँकी गम्भीर प्रकृतिका उजुरी परेका प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २८ गते गर्ने तयारी भइरहेको   जानकारी दिनुहुँदै उपसमिति बनाउनुपर्ने खालका भए दसैँपछि सुनुवाइ हुने जानकारी दिनुभयो । 

उहाँले केही उजुरी सामान्य प्रकृतिका रहेको र केही उजुरीका सम्बन्धमा समितिले छुट्टै अध्ययन आवश्यक पर्ने अवस्था रहेको बताउनुभयो ।

जटिल प्रकृतिका उजुरी आएमा त्यस्ता विषयलाई छुट्टै अध्ययनका लागि राखेर अन्य सुनुवाइ अघि बढाउन सकिने उहाँको भनाइ थियो ।
 
सभापति श्रेष्ठले समितिका सदस्यहरूलाई बिदाको समयमा समेत प्रस्तावित राजदूतसम्बन्धी विषय अध्ययन गर्न आग्रह गर्नुभयो ।

उहाँले प्रस्तावित राजदूतविरुद्ध प्राप्त उजुरी र उहाँहरूले पेस गरेको कार्ययोजनासम्बन्धी विवरण अध्ययनका लागि समितिका सदस्यहरूलाई उपलब्ध गराइसकिएको जानकारी दिनुभयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan