Tuesday 6th of October | २०८३ असोज २० मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

एन आई सी एशिया बैंकका ग्राहकहरुलाई बीएमडब्लु ब्रान्डका हरेक गाडी खरिदमा सहुलियत ब्याजदरमा विशेष सुविधाहरु उपलब्ध

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २० मंगलबार |
newsabhiyan

काठमाडौं, २० असोज । एन आई सी एशिया बैंक लिमिटेड र काठमाडौंस्थित लक्ष्मी प्रिमियम मोटर्स प्रा.लि.बीच बैंकका ग्राहकहरूलाई बीएमडब्लु (BMW) ब्राण्ड अन्तर्गतका विभिन्न प्रकारका सवारी साधनहरू खरिदमा सहुलियतपूर्ण आकर्षक ब्याजदर सहित अन्य विशेष सेवा तथा सुविधाहरु प्रदान गर्ने सम्बन्धमा समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

उक्त समझदारीपत्रमा बैंकको तर्फबाट चिफ बिजनेस अफिसर, रिटेल बिजनेस अमित के.सी.र लक्ष्मी प्रिमियम मोटर्स प्रा. लि.का तर्फबाट डिलर सेल्स प्रमुख प्रबोध श्रेष्ठले हस्ताक्षर गर्नुभयो ।

यस समझदारी पश्चात यस बैंकका ग्राहकहरुले नेपालका लागि आधिकारिक बिक्रेताका रुपमा उक्त कम्पनीले बेच्दै आएका बीएमडब्लु (BMW) ब्राण्डका सबैं प्रकारका गाडी खरिद गर्दा परिवर्तनीय ब्याज दर सुविधा लिन चाहने ग्राहकहरुले औसत आधार दरमा थप १ प्रतिशत ब्याज सुविधामा सवारी साधन कर्जा प्राप्त गर्न सक्नुहुनेछ ।

त्यसैगरी, स्थिर ब्याजदरको सुविधा लिन चाहने ग्राहक महानुभावहरुका लागि भने ७ वर्षको लागि ५.९९ प्रतिशतको स्थिर ब्याजदर सुविधामा कर्जा प्राप्त गर्न सक्नुहुनेछ ।

त्यस्तै, अन्य सुविधाहरुमा प्रशासनिक सेवा शुल्कमा २५ Basis Point छुट प्राप्त गर्न सक्नुहुन्छ भने छिटो र छरितो रुपमा कर्जा उपलब्ध गराउने ब्यवस्था बैंकले गरेको छ ।

बैंकले उपलब्ध गराएको यस सवारी साधन कर्जा सुविधा मार्फत ग्राहकहरुले बीएमडब्लु (BMW) ब्राण्डका विश्व प्रसिद्ध उत्कृष्ट तथा लोकप्रिय गाडीहरु आकर्षक ब्याजदरमा छिटो र सहजै खरिद गर्न सक्नुहुनेछ भन्ने विश्वास बैंकले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan