आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २० मंगलबार |
अर्घाखाँची, २० असोज : सन्धिखर्क नगरपालिका-११ जोगीमारे बस्ने ८३ वर्षीया रमाकला घर्ती क्षेत्रीको घरमा विद्युत सर्ट भई मंगलबार बिहान आगलागी हुँदा करिब ११ लाख २० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
