Tuesday 6th of October | २०८३ असोज २० मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

हुथी–सरकारी सेनाबीच भीषण झडप, २४ घण्टामा २७० भन्दा बढीको मृत्यु

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २० मंगलबार | (रासस/एएफपी)

यमनमा जारी झडपका क्रममा पछिल्लो २४ घण्टामा सरकारी सेनाका जवान र इरानसमर्थित हुथी विद्रोही गरी २७० भन्दा बढीको मृत्यु भएको दुवै पक्षका स्रोतले मङ्गलबार एएफपीलाई बताएका छन् ।

    साउदी अरबको समर्थन प्राप्त अन्तरराष्ट्रिय मान्यताप्राप्त यमनी सरकारले गत महिना हुथी विद्रोहीले कब्जा गरेका क्षेत्र पुनः आफ्नो नियन्त्रणमा लिन प्रत्याक्रमण सुरु गरेपछि देशमा लडाइँ तीव्र बनेको हो ।

    सरकारी स्रोतले नाम नखुलाउने सर्तमा एएफपीलाई बताएअनुसार पछिल्लो २४ घण्टामा ११५ सैनिकको मृत्यु भएको छ । झडप तथा हुथी विद्रोहीले गरेका क्षेप्यास्त्र र ड्रोन आक्रमणमा दर्जनौँ अन्य सैनिक घाइते भएका छन् । 

    हिंसाको मुख्य केन्द्र यमनको दक्षिणपश्चिमी क्षेत्रमा रहेको छ । यो क्षेत्र विश्वव्यापी ऊर्जा आपूर्तिका लागि रणनीतिक रूपमा महत्वपूर्ण मानिने ‘बाब अल–मान्दब जलसन्धि’ आसपास पर्छ ।

    यसैबीच, हुथी सैन्य स्रोतले एएफपीलाई बताएअनुसार पछिल्लो एक दिनमा उनीहरूका १६० लडाकु मारिएका छन् । स्रोतका अनुसार तीमध्ये अधिकांशको मृत्यु हुथीको नियन्त्रणमा रहेका क्षेत्रमा साउदी अरबले गरेको हवाई आक्रमणमा भएको हो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan