Tuesday 6th of October | २०८३ असोज २० मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २० मंगलबार |

ओखलढुङ्गा, २० असोजः ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–९, ककनीबाट बोका किनबेचको क्रममा नक्कली नोटको कारोबार गरेपछि प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । 

    जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजबाबु महर्जनका अनुसार चम्पादेवी गाउँपालिकास्थित केउरिनीका २१ वर्षीय कृष्ण खत्री र ३३ वर्षीय ध्रुवबहादुर खत्रीलाई नियन्त्रणमा लिइएको हो । उनीहरूले सुनकोशी–९ मा स्थानीय हस्तबहादुर तामाङ र वीरबहादुर तामाङबाट तीन बोका खरिद गर्दा रु २८ हजारको कारोबार गरेका थिए । 

    सो क्रममा दुवै जनाले रु १९ हजार बराबरको १९ थान हजार रूपैयाँको नक्कली नोट प्रयोग गरेको पाइएपछि उनीहरुलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक महर्जनले बताउनुभयो । प्रारम्भिक सोधपुछका क्रममा उक्त नक्कली नोट काठमाडौँबाट ल्याएको खुलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan