Tuesday 6th of October | २०८३ असोज २० मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

वृद्धको हत्या अभियोगमा युवक पक्राउ

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २० मंगलबार |

कास्की, २० असोज : कास्कीको पोखरा महानगरपालिका–२४ कार्कीको तगारा बस्ने ७२ वर्षीय ज्येष्ठ नागरिक पूर्णभद्र त्रिपाठीको घरेलु हतियार प्रहारबाट मृत्यु भएको छ ।

    त्रिपाठीलाई सोही ठाउँका ३३ वर्षीय जगत दाहालले कोदालो तथा सिसाको बोत्तल प्रहार गरी घाइते बनाएकामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारीसमेत रहनुभएका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिनुभयो । उहाँका अनुसार घटनामा संलग्न दाहाललाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको छ ।

    आक्रमणबाट गम्भीर घाइते त्रिपाठीलाई उपचारका लागि मेट्रोसिटी अस्पतालमा लगिएको थियो । उपचारकै क्रममा त्रिपाठीको मृत्यु भएको थियो । घटनापछि प्रहरीले प्रारम्भिक अनुसन्धान तथा घटनास्थलको जाँच मुचुल्का गरी शव परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको थियो ।

    घटनामा संलग्न व्यक्तिको खोजी गर्ने क्रममा प्रहरीले दाहाललाई पोखरा–२४ पामेको पुलबाट भाग्दै गरेको अवस्थामा नियन्त्रणमा लिइएको प्रनाउ पासवानले बताउनुभयो । प्रहरीले घटनास्थलबाट घटनामा प्रयोग भएको एक थान कोदालो र एक थान सिसाको बोत्तलसमेत बरामद गरेको जनाएको छ ।

    पक्राउ परेका दाहाललाई कर्तव्य ज्यानसम्बन्धी कसुरमा कास्की जिल्ला अदालतबाट मङ्गलबार पाँच दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको पासवानले जानकारी दिनुभयो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan