Wednesday 7th of October | २०८३ असोज २१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

म्याग्दीमा बाढी पहिरोबाट अर्बौंको क्षति

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २१ बुधबार | रासस

 

म्याग्दी, २१ असोजः अविरल वर्षापछि आएको बाढीपहिरोले म्याग्दीमा पु¥याएको क्षतिको प्रारम्भिक विवरण मङ्गलबार सार्वजनिक गरिएको छ । 

 

जिल्ला प्रशासन कार्यालयले सात जनाको मृत्यु र दुई वेपत्ता भएको विपद्का कारण सडक, खानेपानी, नदी नियन्त्रण, विद्युत्, सञ्चार, सिँचाइ पूर्वाधार र निजी सम्पत्तिमा अर्बौंको क्षति भएको विवरण सार्वजनिक गरेको हो ।   

 

प्रमुख जिल्ला अधिकारी गणेश गैरेले सुरक्षा निकायका प्रमुखको उपस्थितिमा आयोजित पत्रकार सम्मेलनमा विपद्पछिको क्षतिको प्रारम्भिक विवरण सार्वजनिक गर्नुभएको थियो । “जिल्लाभर १११ घर पूर्ण रुपमा क्षति भएको छ,” उहाँले भन्नुभयो, “९३ घरमा आंशिक क्षति पुगेको छ भने ३४२ घर पहिरोको उच्च जोखिममा परेको छ ।”

 

प्रारम्भिक विवरणअनुसार बेनी–जोमसोम सडकखण्डमा मात्रै करिब रु ८० देखि ९० करोड बराबरको क्षति भएको छ । बेनी–दरबाङ सडकखण्डमा करिब रु आठ करोडको क्षति पुगेको छ । सदरमुकाम बेनीमा वितरण हुने खानेपानीका संरचनामा रु आठदेखि १० करोड बराबरको क्षति भएको छ । 

 

यस्तै, विद्युत् संरचनामा करिब रु दुई करोड ५० लाखको क्षति पुगेको प्रशासनले जनाएको छ ।

 

प्रहरी नायब उपरीक्षक राजन कार्कीले पूर्वसर्तकता र सावधानीले मानवीय क्षति न्यूनीकरण भएको बताउँदै भौतिक क्षति भने अकल्पनीय रहेको बताउनुभयो । विपद्पछि खोज, उद्धार र राहतमा तीनै तहका सरकार, सुरक्षा निकाय, जनप्रतिनिधि र सङ्घसंस्था परिचालन भएका छन् । 

 

बाढीपहिरोका कारण नेपाल टेलिकमको अप्टिकल फाइबरमा क्षति पुगेको तथा तीनवटा टावरमा इन्धन अभाव भएपछि सञ्चार सेवा प्रभावित भएको छ । विद्युत् सेवा अवरुद्ध हुँदा शिख, पुनहिल, पोखरेबगर, घोरेपानी, बेगखोलालगायत ग्रामीण क्षेत्र अझै अन्धकारमा रहेको छ । 

 

खोजी, उद्धारको चरणपछि राहत वितरण, विस्थापितको व्यवस्थापन, क्षतिको विवरण सङ्कलन कार्यलाई पूर्णता, अवरुद्ध सडक, विद्युत, सञ्चार र खानेपानी पुनः सञ्चालन गराउन केन्द्रित भएको प्रजिअ गैरेले बताउनुभयो । 

 

सडक सम्पर्कविच्छेद भएका अन्नपूर्ण गाउँपालिकाका विभिन्न क्षेत्रमा हेलिकप्टरमार्फत ३०० भन्दा बढी घरपरिवारलाई राहत सामग्री पु¥याइएको छ । विपद्का कारण जोखिममा परेका दुई गर्भवती तथा दुई जना गम्भीर बिरामीलाई हेलिकप्टरमार्फत उद्धार गरी तत्काल अस्पताल पु¥याइएको उहाँले जानकारी दिनुभयो ।

 

बाढीपहिरोबाट विस्थापित परिवारलाई हाल स्थानीय विद्यालय, सामुदायिक भवन तथा आफन्तको घरमा राखिएको छ । पूर्णरुपमा घर क्षति भएका परिवारका लागि तत्काल अस्थायी आवासका रुपमा बलिया टेन्टको व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी गैरेले बताउनुभयो ।

 

बाढीपहिरोबाट क्षतिग्रस्त सडक तथा अन्य पूर्वाधार मर्मतको काम तीव्र पारिएको छ । हाल बेनी–दरबाङ–मुना र बेनी–जोमसोम सडकको बैसरीसम्म सञ्चालनमा आएको छ । बाढीपहिरो प्रभावित क्षेत्रको जोखिम अध्ययनका लागि बेनी नगरपालिका र रघुगङ्गा  गाउँपालिकामा भौगर्भिक टोलीले अध्ययन सम्पन्न गरिसकेको छ । अन्नपूर्ण, मालिका, मङ्गला र धवलागिरि गाउँपालिकाका जोखिमयुक्त क्षेत्रमा थप भौगर्भिक अध्ययनका लागि पहल भइरहेको प्रशासनले जनाएको छ ।

 

विपद्बाट विस्थापित परिवारको दीर्घकालीन पुनःस्थापना, क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण तथा प्रभावितको जीवनलाई पुरानै अवस्थामा फर्काउन केन्द्रित हुने प्रजिअ गैरेले बताउनुभयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan