Thursday 8th of October | २०८३ असोज २२ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मलेसियाको जोहोरमा वायु प्रदूषणले विद्यालय बन्द

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २२ बिहीबार | (रासस/सिन्ह्वा)

मलेसियाको जोहोर राज्यमा वायु प्रदूषण बढेपछि विद्यार्थीको स्वास्थ्य र सुरक्षालाई ध्यानमा राख्दै बिहीबार र शुक्रबार सबै विद्यालय बन्द गरिएको छ । पछिल्ला दिनमा राज्यका विभिन्न क्षेत्रमा धुवाँ बढ्नुका साथै वायु गुणस्तर लगातार बिग्रिएपछि विद्यालय बन्द गर्ने निर्णय गरिएको हो ।

    जोहोर शिक्षा तथा सूचना समितिका अध्यक्ष मुहम्मद नकीब मोहम्मद गजालीले बुधबार जारी गर्नुभएको विज्ञप्तिमा विद्यार्थीको स्वास्थ्य र सुरक्षाको संरक्षणका लागि सावधानीस्वरूप विद्यालय बन्द गरिएको बताउनुभयो ।

    विद्यालय बन्द हुँदा जोहोर राज्यका सबै एक हजार १९८ विद्यालय प्रभावित भएका छन् । यसबाट छ लाख १७ हजार २५८ विद्यार्थीको नियमित पठनपाठन प्रभावित भएको छ ।

    जोहोरमा पछिल्ला दिनमा वायु प्रदूषण सूचकाङ्क (एपीआई) को स्तर उच्च देखिएको छ । बिहीबार बिहान १० बजे सेगमट क्षेत्रमा एपीआई १८७ पुगेको थियो । यो अस्वास्थ्यकर वायु गुणस्तरको स्तर हो ।

    राजधानी क्वालालम्पुरसहित मलेसियाका ३८ क्षेत्रमा पनि अस्वास्थ्यकर एपीआई स्तर रेकर्ड गरिएको छ । बढ्दो धुवाँ र प्रदूषणका कारण स्वास्थ्यमा पर्न सक्ने जोखिमलाई ध्यानमा राख्दै जोहोरमा विद्यालय बन्द गर्ने निर्णय गरिएको अधिकारीहरूले जनाएका छन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan