Friday 9th of October | २०८३ असोज २३ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

व्यावसायिक कुखुरापालनप्रति आकर्षण बढ्दै

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २३ शुक्रबार | रासस

 बागमती, २३ असोजः मकवानपुरमा व्यावसायिक कुखुरापालनतर्फ आकर्षण बढ्दै गएको छ । कमानेबाट २०५२÷५३ सालतिर जिल्लामा सुरु भएको यो व्यवसाय तीन दशकको अन्तरालमा विस्तारित भएको मकवानपुर कुखुरा व्यवसायी सङ्घका अध्यक्ष गोविन्द सापकोटाले जानकारी दिनुभयो ।

मकवानपुरको गढी गाउँपालिका, हेटौँडा उपमहानगरपालिकाका वडा नं १६, १७ लगायतका स्थानमा यसको विस्तार भएको उहाँले जानकारी दिनुभयो । “जिल्लामा लेयर्स र ब्रोइलर गरी १० लाखभन्दा बढी कुखुरापालन भइरहेको छ”, उहाँले भन्नुभयो, “उत्पादित कुखुराको बजारको समस्या छैन । राजधानी काठमाडौँसँगै वीरगन्ज र मधेसका विभिन्न स्थानमा यहाँको उत्पादन पुग्ने गरेको छ ।”

जिल्लामा करिब ४०० को सङ्ख्यामा कुखुरापालक व्यवसायी रहेको उहाँले बताउनुभयो । जिल्लामा ठूलो सङ्ख्यामा कुखुरा पाल्ने व्यवसायी पाँच÷छ जनामात्रै छन् । यस्तै, १० देखि २० हजारको सङ्ख्यामा कुखुरापालन गर्ने व्यवसायी भने केही बढी छन् ।

स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न बाहिरबाट आयातित कुखुरा तथा अण्डा  निरुत्साहित गर्नेगरी राज्यले नीति लिनु जरुरी भएको सङ्घका जिल्ला उपाध्यक्ष रविन ढकालको भनाइ छ । मकवानपुरमा दैनिक चारदेखि साढे चार लाख अण्डा उत्पादन हुने गरेको उहाँले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan