Friday 9th of October | २०८३ असोज २३ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

आजै रातिदेखि नयाँ बसपार्कमा टिकट लिन यात्रुको लाइन

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २३ शुक्रबार |

काठमाडौँ, २२ असोजः दसैँको अग्रिम टिकट खुल्नुअघि नै काठमाडौँको नयाँ  बसपार्कमा यात्रुको लाइन लागेको छ । सरकारले दसैँमा घर जानका लागि शुक्रबारदेखि अग्रिम बस टिकट खुला गर्ने निर्णय गरेको थियो । 

यातायात व्यवस्था विभाग, नेपाल प्रहरी र यातायात व्यवसायी तथा मजदुरबीच यही असोज २० गते मङ्गलबार विभागमा बसेको बैठकले असोज २३ गतेदेखि दसैँका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो । केही जिल्लाका यात्रु भने आजै रातिदेखि टिकट लिन लाइनमा बसेका छन् । 

नयाँबसपार्क सञ्चालन गर्दै आएको लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक पङ्कज मल्लले आज राति ९ः०० बजेदेखि टिकट लिनका लागि यात्रुले लाइन बस्न सुरु गरेको जानकारी दिनुभयो ।

मल्लले बझाङ, बाजुरा र धनगढी जाने यात्रु आज रातिदेखि नै नयाँबसपार्कमा आएर टिकटको लाइनमा बसेको बताउनुभयो । दसैँको अग्रिम टिकट बुकिङका लागि लोत्से बहुउद्देश्यीय प्रालिले नयाँ बसपार्कमा १५ टिकट काउन्टर थप गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan