Friday 9th of October | २०८३ असोज २३ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

चक्कु प्रहारबाट एकको मृत्यु, एक घाइते

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २३ शुक्रबार |

जनकपुर, २२ असोजः धनुषाको जनकपुरधाममा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । यस्तै, अर्का युवक गम्भीर घाइते भएका छन् । 

मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका–५ सोनारपट्टी दाहा चोकका २४ वर्षीय आमिन साफी हुनुहुन्छ । यस्तै, २५ वर्षीय इम्तियाज राइन गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता ओमप्रकाश खनालका अनुसार उपचारका क्रममा साफीको प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको हो । छुरा प्रहारबाट गम्भीर घाइते भएका राइनको प्रादेशिक अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।

चक्कु प्रहार गर्ने २२ वर्षीय मोहम्मद इर्साद खान रहेको बताइएको छ । पुरानो रिसइबीका कारण दुवै जनाको छाती र पेटमा धारिलो हतियार प्रहार भएको प्रहरीले जनाएको छ । आरोपी खानलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan