Friday 9th of October | २०८३ असोज २३ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

दोश्रो नेपाल गितार महोत्सवमा अषेश डंगाेलकाे काठमाडाैं भाइब गुन्जिइयाे

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २३ शुक्रबार |
newsabhiyan

ललितपुर । बिजय कपाली (म्याक्सीमस) र हरि कुँवर यएर स्पेश ब्याण्डका गितारिस्टकाे संयुक्त आयोजनामा दोश्रो नेपाल गितार महोत्सव भव्य रूपमा शनिबार सम्पन्न भएकाे छ । साे महोत्सवमा ‘द हिमालयन हेन्द्रिक्स’ उपनामले चर्चित अशेष डंगाेलले सानेपाकाे क्याम्पा द साेसियल हबमा दमदार रूपमा सांगितिक प्रस्तुति दिएका छन् ।

१ देखि ८ बजेसम्म चलेको सांगितिक महोत्सवमा ‘द हिमालयन हेन्द्रिक्स’ अशेष डंगाेलकाे रचना रहेकाे डार्क क्लाउड्स अल ओभर द स्काई, इनसर्च टुवार्डस फ्रिडम, फंक भाइब तथा धिमे बाजाकाे तालमा रचित काठमाडौं भाइब प्रस्तुत गरेका थिए । उनलाई बेश गितारमा द इलेक्ट्रिश ब्याण्डका दिपक शाक्य र रबिन एण्ड द न्यू रेभूलुशन ब्याण्डका ड्रमर बिजय बरालले साथ दिएका थिए ।

नेपाली कलाकारहरुको सांगितिक स्तर ओकास्नका लागि गत बर्षदेखि सुरु भएको नेपाल गितार महोत्सवमा पृथ्वी कुँवर, ऋडिस महर्जन, संजोग लामा, आशिष कायास्थ, अादित राई, नयन जोशी, बरुण खरेल, रिग्जिन लामा, विनायक शाह, आयुश खतिवडा, मिन्सु मुस्कान चौघाटी, अमित मगर (अमित रकर), मन्नु शाही (जेरे), देव लामा, विजय कपाली (म्याक्सीमस), विनय शाह,  सन्नी तुलाधर (सन्नी एसटी) ले आ-आफ्नो सांगितिक प्रस्तुति दिएका थिए । 

सो कार्यक्रम सफल बनाउन सुबोध भण्डारी (क्याम्पा द साेसियल हब), दिपक शाक्य ( क्याम्प २२ स्टुडियाे), किरण शाही, अपूर्व नेपाली रायमाझी (साहाना गितार्स मेड इन नेपाल), जाेलन श्रेष्ठ (स्प्रिङट्रिंग बज) सहयोग गरेका थिए ।

साे कार्यक्रममा नेपालको लेजेन्दरी प्रिजम ब्याण्डका देव राना, ज्योति घिमिरे, दिनेश राई, पेम्बा लेप्चा तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त गितार बादक अशेष डंगोल ‘द हिमालयन हेन्द्रिक्स’ लाई समेत सम्मान गरिएको थियो ।

ज्योति घिमिरे, सतिश स्थापित, गिरिस श्रेष्ठ, हरि कुँवर, सुजन मानन्धर  र देव लामाले अन्तिम ज्याम सेसनमा सहभागी भएका थिए । साथै यएर स्पेशका सञ्जित तुलाधर, एस.एस. ब्लुज एक्शप्लाेजनका अनिशले ड्रम्समा र रबिन एण्ड द न्यू रेभाेलुशन ब्याण्डका प्रविण श्रेष्ठले बेश गितारमा साथ दिएका थिए । आयोजकले कार्यक्रममा सहभागी भएका कलाकारहरूलाई मायाकाे चिनो तथा सम्मान प्रत्र प्रदान गरेका थिए ।

कार्यक्रम आयोजक बिजय कपाली (म्याक्सीमस) ले  यस गितार महोत्सव नेपाली संगीत, गितार संस्कृति र संगीतप्रेमीहरूलाई एउटै ठाउँमा जाेड्ने अभियान भएकाले नेपालमा संगीतकाे सम्भावना, प्रतिभा र यसकाे समृद्व भविष्यलाई अझ उजागर गर्न खाेजेकाे जानकारी गराए  । उनले आगामी दिनहरूमा नेपाली गितार संगीतलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा अझ व्यापक बनाउँदै जाने उद्वेश्य रहेकाे जानकारी गराए ।

दोश्रो नेपाल गितार महोत्सवमा अषेश डंगाेलकाे काठमाडाैं भाइब गुन्जिइयाे (भिडियाे सहित)
https://youtu.be/99rf8p7vFm0?si=IRVSFxlEVM-_Ksbj

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan