Friday 9th of October | २०८३ असोज २३ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २३ शुक्रबार | (रासस/एएफपी)

इरानको रिभोलुसनरी गाड्र्सले शुक्रबार हर्मुज जलमार्ग हुँदै ‘अवैध मार्ग’ बाट जान खोजेको एक ट्याङ्करमाथि प्रहार गरेको दाबी गरेको छ । मध्यपूर्व युद्ध सुरु भएदेखि नै तेहरानले यस जलमार्गलाई नाकाबन्दी लगाउन खोजिरहेको छ ।

समुद्री ट्र््याकरहरूले पनि शुक्रबार युएईको तटबाट टाढा एक जहाजमा अज्ञात क्षेपास्त्रले आक्रमण गरेको रिपोर्ट गरेका छन्, तर फरक जहाजको नाम उल्लेख गरेका छन् ।

आधिकारिक सञ्चारमाध्यममा प्रकाशित विज्ञप्तिमा गाड्र्सले इरानी सेनाले ‘जलमार्गलाई पूर्ण नियन्त्रणमा लिएको’ बताएको छ ।

“यो अभियान पूरा गर्ने क्रममा केही घण्टाअघि ‘न्याटविट’ स्वामित्वको विशाल इन्धन वाहक जहाज एनभी सनशाइनले हर्मुज जलमार्गको दक्षिणतर्फको अवैध मार्गबाट पार गर्न खोजिरहेको थियो, त्यसमाथि प्रहार भएको छ,” विज्ञप्तिमा भनिएको छ । 

इरानले युद्धभरि हर्मुजमाथि आफ्नो नियन्त्रण थोपर्ने प्रयास गर्दै आएको छ र जहाजहरूले आफ्नो रोजाइको मार्गबाट पार गर्न अनुमति माग्नुपर्ने जोड दिएको छ ।

तर जहाजहरू बढ्दो रूपमा जलसन्धिको दक्षिणी तटसँगैको वैकल्पिक मार्गबाट जोखिम मोलेर जान तयार देखिएका छन् ।

बेलायतको समुद्रीमामिला हेर्ने निकाय (युकेएमटीओ) ले शुक्रबार युएईको अल जजिरा अल हाम्राबाट २४ किलोमिटर टाढा जलमार्गको दक्षिण–पश्चिममा रहेको एक जहाजमा प्रक्षेपास्त्रले प्रहार गरेको र जहाजमा आगो लागेको बताएको छ।

“समाचार तयार पार्दासम्म चालक दलको अवस्था, क्षतिको मूल्याङ्कन र वातावरणीय प्रभाव अज्ञात छ भने अधिकारीहरूले अनुसन्धान गरिरहेका छन्,” विज्ञप्तिमा भनिएको छ ।

बेलायती सुरक्षा कम्पनी भ्यानगार्डले पनि यस घटनाको रिपोर्ट गरेको छ र जहाजलाई पानामा झण्डा भएको कच्चा तेल ट्याङ्कर जेईएम नं. २ भनेर पहिचान गरेको छ ।

यो घटना केही दिनअघि कतारबाट टाढा रहेको महत्वपूर्ण जलमार्गबाट करिब ५०० किलोमिटर पश्चिममा एक ट्याङ्करमाथि प्रहार भएपछि भएको हो ।

खाडीमा रहेका जहाजहरू र जलमार्ग पार गर्न खोज्ने जहाजहरू तेलका लागि समृद्ध अरब क्षेत्रबाट भित्र वा बाहिर जाने एकमात्र समुद्री मार्गमाथि फेब्रुअरीको अन्त्यमा अमेरिका र इजरायलले मध्यपूर्व युद्ध सुरु गरेदेखि बारम्बार आक्रमण भइरहेको छ ।

इरानले त्यसबेलादेखि जलमार्गमा नाकाबन्दी लगाएको छ, तर केही जहाजहरू पार गर्न सफल भएका छन्। अमेरिकी सञ्चारमाध्यमले दक्षिणी मार्गमा जहाजहरूको सुरक्षा गर्न अमेरिकी सैन्य प्रयासहरू भइरहेकोबारे रिपोर्ट गरेका छन् ।

अमेरिकाले इरानी बन्दरगाहहरूमा नाकाबन्दीको घोषणा गरेको छ र कहिलेकाहीँ तेहरानसँग जोडिएका जहाजहरूमाथि गोलीबारी गर्ने गरेको छ ।
हर्मुज विश्व अर्थतन्त्रका लागि महत्वपूर्ण छ । युद्ध सुरु हुनुअघि विश्वको इन्धन (तेल र तरल प्राकृतिक ग्यास) आपूर्तिको करिब पाँच भागको एक भाग यस जलमार्ग भएर हुने गर्थ्यो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan