Sunday 11th of October | २०८३ असोज २५ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

तीन सय विद्यार्थीलाई ‘स्वेटर’ प्रदान

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २५ आइतबार | रासस

जुम्ला, २५ असोजः सिटिजन्स बैङ्कले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत जिल्लाको पातारासी गाउँपालिका–७ स्थित सरस्वती माध्यमिक विद्यालयका ३०० विद्यार्थीलाई ‘स्वेटर’ प्रदान गरेको छ ।

    विद्यालय परिसरमा शनिबार आयोजित एक कार्यक्रममा आर्थिक रुपमा विपन्न उनीहरुलाई यहाँस्थित बैङ्कका शाखा प्रबन्धक केसाङ लामाले स्वेटर प्रदान गर्नुभएको हो ।     उहाँले भविष्यमा पनि सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक क्षेत्रको उन्नयनका निम्ति बैङ्कले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

    त्यस अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लाछिराम खड्का तथा पातारासी गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले विपन्न परिवारका विद्यार्थीलाई सहयोग गरेकामा बैङ्कप्रति आभार व्यक्त गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan