Sunday 11th of October | २०८३ असोज २५ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

प्रदेशस्तरीय ब्याडमिन्टनको बम र निर्वाचन क्षेत्रको उपाधि सिंहको जोडीलाई

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २५ आइतबार |

महेन्द्रनगर, २५ असोजः कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको झलारीमा आज सम्पन्न सुदूरपश्चिम प्रदेशस्तरीय खुला ब्याडमिन्टन प्रतियोगिताको उपाधि धनगढीका राजेन्द्र बमको जोडीले जितेको छ । 

    फाइनल खेलमा झलारीका विवेक ऐर र परमानन्द जोशीको जोडीलाई दुई सोझो सेटले पराजित गर्दै राजेन्द्र बम र नरेन्द्र जैसीको टिमले उपाधि जितेको हो । बम र जैसीको जोडीले ऐर र जोशीको जोडीलाई २१-१७ र दोस्रो सेटमा २१-१५ ले पराजित गरेको छ । उपाधि विजेता जोडी रु ४० हजार नगद, ट्रफी र मेडलबाट पुरस्कृत भएको छ । भने उपविजेता टिमले रु २० हजार नगदसहित पुरस्कृत भएको छ । 

    दसैँ र शुभ दिवापलीको अवसर पारेर शुक्लाफाँटा ब्याडमिन्टन सङ्घले आयोजना गरेको प्रतियोगिताको कञ्चनपुर निर्वाचन क्षेत्र नं २ स्तरीय प्रतियोगिताको उपाधि राष्ट्रिय समाचार समिति (रासस) कञ्चनपुरका प्रमुख शेरबहादुर सिंहको जोडीले जितेको छ । 

    प्रतियोगितामा सिंह र डम्बर कुवँरको जोडीले तेजबहादुर साउद र तेज जोशीको जोडीलाई सोझो सेटमा पराजित गरेको छ । सिंह र कुवँरको जोडीले २१-१४ र २१-१० को सोझो सेटमा साउँद र जोशीको जोडीलाई पराजित गरेको शुक्लाफाँटा व्याडमिन्टन सङ्घका अध्यक्ष पुष्पराज भट्टले बताउनुभयो ।

    निर्वाचन क्षेत्रस्तरीय प्रतियोगिताको उपाधि जित्दै सिंह र कुवँर रु ३० हजार नगद, ट्रफि र मेडलबाट पुरस्कृत भएका छन् । भने उपविजेता साउद र जोशीको जोडी रु १५ हजार नगदसहित पुरस्कृत भएको छ ।

    प्रतियोगितामा उपाधि विजेता, उपविजेता मिटलाई शुक्लाफाँटा नगरपालिकाका नगरप्रमुख रणबहादुर महराले पुरस्कृत गर्नुभयो । प्रतियोगितामा प्रदेश खुला बी लेभलतर्फ ६४ र निर्वाचन क्षेत्रस्तरीयमा ३२ समूह सहभागी थिए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan