Tuesday 13th of October | २०८३ असोज २७ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

परराष्ट्रमन्त्री खनालसँग स्विट्जरल्यान्डकी राजदूत मेउलीकाे शिष्टाचार भेटवार्ता

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २७ मंगलबार |
newsabhiyan

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि स्विट्जरल्यान्डकी राजदूत डा. ड्यानिएल मेउलीबीच परराष्ट्र मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ ।

भेटका अवसरमा उहाँहरूबीच नेपाल र स्विट्जरल्यान्ड बीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध तथा बहुआयामिक सहयोगलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको थियो ।

यसै वर्ष नेपाल र स्विट्जरल्यान्डबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पूरा हुँदैछ । सन् १९५६ मा दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।

दुई मुलुक बीच थप सहकार्य गर्ने विषयमा पनि कुराकानी भएकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan