Thursday 15th of October | २०८३ असोज २९ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

‘व्यवहारमा व्यापार सहजीकरण हुनुपर्छ’

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २८ बुधबार |

काठमाडौँ, २८ असोजः नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले व्यापार सहजीकरण कागजमा मात्र नभएर व्यवहारमा गरिनुपर्ने बताउनुभएको छ । 

महासङ्घले आज यहाँ आयोजना गरेको वर्तमान आर्थिक अवस्था र निजी क्षेत्रको आर्थिक वृद्धिको सम्भावना विषयक कार्यक्रममा उहाँले प्रक्रियागत झन्झटको अन्त्य गर्दै सहजीकरण गर्ने नीति राज्यले अङ्गीकार गर्नुपर्ने बताउनुभयो ।

“अहिले व्यापार सहजीकरण कागजी प्रक्रियामा मात्रै धेरै भएको देखिन्छ । तर नीजि क्षेत्रले व्यवहारमा नै परिवर्तनको आभास गर्न चाहिरहेको छ”, उहाँले भन्नुभयो, “खर्च प्रणाली आधुनिक बनाउने, डिजिटल प्रणालीमा आधारित एकीकृत व्यापार प्रक्रिया लागू गर्ने, भरपर्दो ‘लजिस्टिक’ पूर्वाधार बनाउने र सीमापार भुक्तानी भरपर्दो सीमापार ढुवानी भरपर्दो बनाउनेतर्फ पनि सरकार अग्रसरतामा देखाउनुपर्छ ।”

अध्यक्ष श्रेष्ठले मुलुकको अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेका साना तथा मझौला उद्योगहरू गम्भीर समस्यामा परेको भन्दै ती समस्याको तत्काल सम्बोधन गर्न सरकारसँग माग गर्नुभएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan