Saturday 24th of October | २०८३ कार्तिक ८ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

इथियोपियाका प्रतिद्वन्द्वी क्षेत्रीय सेनाबीच झडप, कैयौँ हताहत

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक ८ शनिबार | (रासस/एएफपी)

दक्षिणी इथियोपियाका सोमाली र ओरोमिया क्षेत्रका सेना र विद्रोही लडाकूबीच हालैका दिनहरूमा भएका झडपमा दर्जनौँ व्यक्तिको मृत्यु भएको छ । 

क्षेत्रीय विवादको पृष्ठभूमिमा यो घटना भएको स्रोतहरूले शनिबार एएफपीलाई बताए । 

मङ्गलबारदेखि सुरु भएको लडाइँ शनिबार पनि जारी थियो । 

सोमाली लडाकुहरू सहरका ठूला भवनहरूबाट भारी हतियार चलाइरहेका छन् भने ओरोमियाका सैनिक बलहरू जवाफी कारबाही गरिरहेका छन्, आक्रमणमा दर्जनौँ मानिस हताहत भएका छन् ।” प्रत्यक्षदर्शी स्थानीय बासिन्दा वाको गनालेले एएफपीलाई टेलिफोनमार्फत् जानकारी दिनुभयो । 

अर्का स्थानीय हुसेन हल्केनोले भन्नुभयो, “झडपमा धेरै नागरिक मारिएका वा घाइते भएका छन्।” दुवै व्यक्तिसँगको टेलिफोन कुराकानीको पृष्ठभूमिमा गोली चलेको आवाज सुनिएको थियो । एएफपीले मृत्युको सङ्ख्या स्वतन्त्र रूपमा पुष्टि गर्न सम्भव नभएपनि घटनामा दर्जनौँ व्यक्त हताहत भएको बताइएको छ । 

प्रधानमन्त्री अबिय अहमद नेतृत्वको सङ्घीय सरकारले अहिलेसम्म यी झडपबारे प्रतिक्रिया जनाएको छैन । केन्याको रेडक्रसमा काम गर्ने मालिक अदानले शुक्रबार केन्याली प्रसारक एनटीभीलाई बताए अनुसार घटनापछि कम्तीमा १० हजार मानिस लडाइँबाट भागेर सीमापार केन्या पुगेका छन् । 

इथियोपिया अफ्रिकाको दोस्रो सबैभन्दा बढी जनसङ्ख्या भएको देश हो, जहाँ करिब १३ करोड मानिस बसोबास गर्छन्। 

यसको विशाल भूभागमा विभिन्न सशस्त्र द्वन्द्व चलिरहेका छन्। 

केही वर्षदेखि सङ्घीय सरकार ओरोमिया र अम्हारा क्षेत्रका विद्रोही समूहहरूसँग देश द्वन्द्वमा फसेको छ, जुन देशका सबैभन्दा बढी जनसङ्ख्या भएका क्षेत्र हुन् । 

सन् २०२० देखि सन् २०२२ सम्म विनाशकारी युद्ध भइसकेको र केही समय पहिले महिनौँको तनावपछि शान्त बनेको उत्तरी टिग्रे क्षेत्रमा पनि फेरि लडाइँ सुरु भएको छ । 

छिमेकी इरिट्रियासँगको कूटनीतिक मतभेदले पनि अफ्रिकाको सीङ क्षेत्रका यी अस्थिर छिमेकी देशहरूबीच अर्को द्वन्द्वको डर बढाएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan