जुवातास खेलिरहेको अवस्थामा ३७ जना पक्राउ
सुनसरी : इटहरी उपमहानगरपालिका-४ शान्ति चोकस्थित द स्टंन होटलमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-१ बस्ने ३७ वर्षीय मोहन घिमिरे समेत ८ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
इलाका वडा प्रहरी कार्यालय इटहरी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख ५६ हजार १ सय ८० रूपैयाँ र ७ बुक तास सहित पक्राउ गरेको हो ।
भक्तपुर, चाँगुनारायण नगरपालिका-४ हलचाप बस्ने ५४ वर्षीय धुर्व श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा धुर्व समेत १४ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ९० हजार ७० रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।
कैलाली, धनगढी उपमहानगरपालिका-६ मटियारी बस्ने ४५ वर्षीय हरि दयाल रानाको घरमा जुवातास खेलिरहेको अवस्थामा हरि समत ७ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४९ हजार ५ रूपैयाँ सहित पक्राउ गरेको हो ।
अछाम, मंगलसेन नगरपालिका-५ मंगलसेन बजार बस्ने ४८ वर्षीय नृप बहादुर बिष्टको घरमा जुवातास खेलिरहेको अवस्थामा नृप बहादुर समेत ८ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी मंगलसेनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६९ हजार ५ सय २५ रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।

