Saturday 31st of October | २०८३ कार्तिक १४ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सुन्दरीजलबाट सिन्धुपाल्चोक र नुवाकोट जाने सडक अवरुद्ध

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १४ शनिबार | (रासस)

काठमाडौँ, १४ कात्तिक : मेलम्ची खानेपानी आयोजनाले सुन्दरीजलबाट सिन्धुपाल्चोक र नुवाकोट जाने सडक अवरुद्ध गरेको भन्दै स्थानीयवासीले आपत्ति जनाएका छन् ।

     सुन्दरीजल हुँदै गोसाईकुण्ड, हेलम्बुजस्ता गनतव्यहरूमा सहजै जान सकिने मोटर बाटो एक हप्तादेखि आयोजनाले रोक्दा आवागमनमा समस्या भएको स्थानीयवासी सुशील सिम्खडाले राससलाई जानकारी दिनुभयो । सुन्दरीजलस्थित महाँकाल खण्डमा संरचना बनाउन भनी मेलम्ची खानेपानी आयोजनाले सडक अबरोध गरेको हो । दैनिक सयौँ मानिसले प्रयोग गर्ने उक्त मोटर बाटो परम्परागत रूपमा प्रचलनमा रहेको मुख्य मार्ग हो । 

    आयोजनालले स्थानीय नागरिक, स्थानीय सरकार तथा कुनै पनि तहका जनप्रतिनिधिहरूसँग आवश्यक परामर्श एवं समन्यव नगरिकनै बलजफती बाटो बन्द गरेको उहाँले बताउनुभयो । जसका कारण गोकर्णेश्वर नगरपालिका वडा नं. १ का स्थानीयवासीलाई आफ्नै गाउँमा आवतजावत गर्न असहज भएको छ ।  

    मेलम्ची आयोजना सुरु हुनु अगावै स्थानीय नागरिकले अत्यन्तै दुःखका साथ निर्माण गरेको सुन्दरीजलबाट मूलखर्क तथा ओख्रेनी जोड्ने उक्त मोटरबाटो परम्परागत रूपमा, लास बोक्ने, कृयापुत्रीले हिँड्ने सहज र छोटो बाटो समेत हो ।    
   
     मेलम्ची खानेपानी आयोजनाको आफ्नै दस्तावेजमा समेत उक्त बाटोलाई मूल बाटोकै रूपमा अभिलेखीकरण गरिएको छ । मेलम्ची आयोजना सुन्दरीजल साइटका इञ्जिनीयर मनोज यादव मुआब्जा दिइसकेको सडक भएकाले नापी र मालपोतबाट मेलम्चीका नाममा जग्गा आएकाले नै सडक अवरुद्ध गरिएको बताउनुहुन्छ । कालोपत्र गरिएको सडकका कारण मेलम्ची आयोजनाका काममा ढिलाइ भएका कारण पनि सडक अवरुद्ध गर्न बाध्य हुनुपरेको उहाँले सुनाउनुभयो ।    

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan