Saturday 31st of October | २०८३ कार्तिक १४ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बेपत्ता बालक मृत फेला

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १४ शनिबार |

धनुषा, १४ कात्तिक : दश दिनदेखि बेपत्ता सात वर्षीय बालक साकेत झा मृत फेला परेका छन् । धनुषाको नगराइन नगरपालिका–७, देवडिहाबाट उनी यही कात्तिक ४ गते विजया दशमीका दिनदेखि बेपत्ता भएका थिए ।

    घरबाट करिब अढाई किलोमिटर उत्तरतर्फ रहेको धानखेतमा आज बालकको शव फेला परेको धनुषा प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार स्थानीयले बालकको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । 

    साकेत लामो समयसम्म घर नफर्किएपछि परिवारजनले खोजीका लागि प्रहरीलाई खबर गरेको थियो । प्रहरीले नजिकका गाउँ, पोखरी, झाडी तथा आसपासका विभिन्न स्थानमा खोजी गरेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan