Monday 2nd of November | २०८३ कार्तिक १६ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

लिफ्ट दिने बहानामा नाबालिग छात्रालाई स्कार्पियोभित्र बलात्कार

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १६ सोमबार | NK
newsabhiyan

रौतहट १५ कार्तिक। भारतको बिहार राज्यस्थित शेखपुरा जिल्लामा कोचिङबाट घर फर्किरहेकी एक नाबालिग छात्रामाथि बलात्कार भएको घटना सार्वजनिक भएको छ।

प्राप्त विवरणअनुसार, कोचिङबाट घर फर्किने क्रममा रहेका छात्रालाई एक युवकले लिफ्ट दिने बहानामा आफ्नो स्कार्पियो गाडीमा बसाएका थिए। त्यसपछि बाटोमै मौका छोपेर आरोपीले गाडीभित्रै छात्रामाथि जबर्जस्ती करणी गरेको बताइएको छ।

घटनापछि शेखपुरा सहरमा त्रास र आक्रोश फैलिएको छ।

 नाबालिग छात्रालाई लिफ्ट दिने बहानामा गाडीमा राखेर जबर्जस्ती करणी गरिएको घटना सार्वजनिक भएपछि प्रहरीले तत्काल अनुसन्धान अघि बढाएको थियो।

प्रहरीले घटनाको करिब १२ घण्टाभित्रै फरार आरोपीलाई लखीसरायबाट पक्राउ गर्न सफल भएको जनाएको छ। साथै, घटनामा प्रयोग गरिएको स्कार्पियो गाडीसमेत प्रहरीले नियन्त्रणमा लिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan