Tuesday 3rd of November | २०८३ कार्तिक १७ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

उदयपुरमा सशस्त्र प्रहरीको ठूलो सफलता : ७ हजार ८२६ किलो गाँजा बरामद

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १६ सोमबार |

ट्रकमा २४६ बोरा गाँजा लुकाएर ओसारपसार, इन्टेलिजेन्स ब्यूरोको विशेष सूचनामा संयुक्त टोलीको कारबाही

उदयपुर, कात्तिक १५। सशस्त्र प्रहरी बल, नेपालको इन्टेलिजेन्स ब्यूरोले उदयपुरबाट ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको छ। विशेष सूचनाका आधारमा गरिएको कारबाहीमा प्रहरीले ७ हजार ८२६ किलो ८०० ग्राम गाँजा नियन्त्रणमा लिन सफल भएको हो।

कात्तिक १५ गते साँझ उदयपुरको बेलका नगरपालिका–८ स्थित दिवाजोर, मैनामैनी–कोशीपुल भित्री सडकखण्डमा गरिएको चेकजाँचका क्रममा उक्त गाँजा बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरी बल, नेपाल इन्टेलिजेन्स ब्यूरो तथा नं. ४ गण सुनसरी र नं. ५ गण उदयपुरबाट खटिएको संयुक्त टोलीले प्रदेश १–०२–००२ ख ०२०६ नम्बरको ट्रक जाँच गर्ने क्रममा २४६ वटा प्लास्टिकका बोरामा प्याक गरी लुकाइछिपाइ राखिएको अवस्थामा गाँजा फेला पारेको थियो।

बरामद गरिएको गाँजासहित ट्रकलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको छ।
लागुऔषधको अवैध उत्पादन, ओसारपसार तथा कारोबार नियन्त्रण गर्ने उद्देश्यले सशस्त्र प्रहरीले विशेष अभियान सञ्चालन गर्दै आएको छ। अभियानअन्तर्गत ठूलो परिमाणमा लागुऔषध नियन्त्रणमा लिनुका साथै यसको दुव्र्यसन र अवैध कारोबारविरुद्ध जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन हुँदै आएका छन्।

एकैपटक झण्डै आठ टन गाँजा बरामद हुनुले लागुऔषधको अवैध ओसारपसारविरुद्ध सशस्त्र प्रहरीको निगरानी र सूचना संयन्त्रको सक्रियतालाई थप उजागर गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan