Tuesday 3rd of November | २०८३ कार्तिक १७ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

जाडो यामका लागि ग्यास आपूर्ति सुनिश्चत रहेको जर्मनीको भनाइ, भण्डारण लक्ष्यभन्दा कम

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १६ सोमबार | (रासस/एएफपी)

मध्यपूर्वको युद्धले विश्वभर ऊर्जाको मूल्य बढाएपछि भण्डारण लक्ष्य नपुगे पनि जाडोका लागि पर्याप्त ग्यास रहेको जर्मनीले सोमबार बताएको छ । 

युक्रेन युद्ध सुरु भएपछि रूसी ग्यासको आपूर्ति रोकिएको र युरोपको सबैभन्दा ठूलो अर्थतन्त्रले नयाँ ऊर्जा स्रोत खोज्न हतारिएको छ । विशेष गरी जाडोको चिसो महिना अघि चिन्ता बढेको देखिन्छ । अमेरिका–इरान युद्धपछि युरोपेली ग्यासको मूल्य वर्षौँयताको उच्च स्तरमा पुगेकाले यस वर्ष स्थिति झन् बिग्रिएको छ ।

भण्डारण सुविधा भर्ने लागत तीव्र रूपमा बढेको छ । सोमबार युरोपेली ऊर्जा ट्र्याकिङ प्लेटफर्म (एजीएसआई) का अनुसार जर्मनीका ग्यास भण्डारण सुविधाहरू औसतमा ६१ प्रतिशत भरिएका छन् । 

यो नोभेम्बर १ सम्मको लागि तय भएको ७० प्रतिशतको कानुनी लक्ष्यभन्दा कम हो । यो युरोपेली सङ्घको औसत करिब ७५ प्रतिशतभन्दा पनि कम हो । जर्मनीको अर्थ मन्त्रालयले एएफपीलाई एएफपीलाई उपलब्ध गराएको वक्तव्यमा भनिएको छ, “हालको भण्डारण स्तर आउने जाडोका लागि जर्मनीमा ग्यास आपूर्ति गर्नका लागि सुरक्षित छ।”

मन्त्रालयका प्रवक्ताले भन्नुभयो, सन् २०२२ मा रुसको युक्रेन आक्रमणपछिको ऊर्जा सङ्कटपछि देशले आपूर्ति स्रोत सफलतापूर्वक विविधीकरण गरेको छ। विशेष गरी तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) को बढ्दो आपूर्तिले चिन्ता कम गर्न मद्दत गरेको छ । 

जर्मनीले नयाँ एलएनजी आपूर्ति केन्द्रसहित आयात क्षमता बढाएको छ । जर्मनीले अधिकांश एलएनजी अमेरिकाबाट आयात गर्छ भने केही हिस्सा मध्यपूर्वबाट पनि यहाँ आउँछ । 

“यिनै कारणले ७० प्रतिशतको भण्डारण स्तरलाई लचिलो रूपमा व्याख्या गर्नुपर्छ र समग्र आपूर्ति स्थितिसँग जोडेर हेर्नुपर्छ,” उहाँले भन्नुभयो । 

जर्मनीको ग्यास भण्डारण उद्योगको प्रतिनिधित्व गर्ने संस्था आईएनईएसले भनेको छ, “म्याद नपुग्नु ‘जाडाकोे तयारी सुनिश्चित गर्ने उपकरणहरूलाई अझ विकसित गर्नुपर्ने स्पष्ट सङ्केत’ हो । लक्ष्य पूरा गर्न कडा कानून आवश्यक रहेको उसले वक्तव्यमा जनाएको छ । सेप्टेम्बरमा अर्थ मन्त्रालयले ‘जारी भूराजनीतिक जोखिम’ उल्लेख गर्दै एक सरकारी ऊर्जा कम्पनीलाई ग्यास भण्डार बढाउन आदेश दिएको थियो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan