Wednesday 4th of November | २०८३ कार्तिक १८ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कोशी प्रदेशमा सार्वजनिक–निजी साझेदारीबाट विकास आयोजना अघि बढाइने

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १८ बुधबार |

उदयपुर, १८ कात्तिकः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशमा सार्वजनिक–निजी साझेदारी (पिपिपी) मोडलमार्फत विकास निर्माणका आयोजना अघि बढाइने बताउनुभएको छ ।

    यातायात व्यवस्था सेवा कार्यालय, जलजले उदयपुरको नवनिर्मित १३ कोठे भवनको आज उद्घाटन गर्दै उहाँले प्रदेश सरकारले निजी क्षेत्रसँगको सहकार्यमा विकास निर्माणका कामलाई प्राथमिकता दिएको बताउनुभयो ।

    मुख्यमन्त्री कार्कीले त्रियुगा नगरपालिकाको बरुवा बसपार्क सार्वजनिक–निजी साझेदारी मोडलमा निर्माण गर्न प्रदेश लगानी प्राधिकरणबाट स्वीकृति प्राप्त भइसकेको जानकारी दिनुभयो । त्यसैगरी, बेलका नगरपालिकामा रु २५ देखि ३० करोडको लगानीमा फोहरमैला व्यवस्थापनसम्बन्धी परियोजना सञ्चालन गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने काम अघि बढेको उहाँले बताउनुभयो ।

    निजी क्षेत्रलाई विकास निर्माणमा सहभागी गराउँदै आएको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले भेडेटारको ‘स्काई वाक’ परियोजनामा प्रदेश सरकार सफल भएको बताउनुभयो ।

    कार्यक्रममा सङ्घीय सांसद पारसमणि गेलाल, कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पा, उपसभामुख सृजना दनुवार तथा प्रदेशसभा सदस्य हिमाल कार्कीलगायतले यातायात व्यवस्था सेवा कार्यालयको सेवा प्रवाह सुधार गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको थियो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan