जुम्लामा जागरण अभियान सुरु
न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १७ मंगलबार | रासस
जुम्ला, १७ कात्तिकः नेपाली कम्युनिस्ट पार्टी (नेकपा) जुम्लाले राष्ट्रिय जागरण अभियान सुरु गरेको छ । नेकपा जुम्लाले आइतबार निर्वाचन क्षेत्र नम्बर (ख) र सोमबार निर्वाचन क्षेत्र नम्बर (क) मा अभिमुखीकरण कार्यक्रम आयोजना गर्दै अभियान सुरू गरेको हो ।
नेकपाका कर्णाली प्रदेश सहइन्चार्ज नरेश भण्डारीले केन्द्रीय पार्टीको नीतिअनुसार जिल्लामा जागरण अभियान सञ्चालन गरिएको बताउनुभयो ।
नेकपा जुम्ला जिल्ला इन्चार्ज गोमा कुँवरले जनताको घरदैलोमा पुग्न र जनताका गुनासा सुन्न राष्ट्रिय जागरण अभियान सुरू गरिएको उल्लेख गर्नुभयो । पार्टी कार्यकर्ता र नेताहरूबीच संवाद, सहिद तथा घाइतेलाई अभियानका क्रममा भेट्ने कार्यक्रम छ ।

