Tuesday 3rd of November | २०८३ कार्तिक १७ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मालपोतका कर्मचारीविरुद्ध मुद्दा दायर

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १७ मंगलबार | रासस

 काठमाडौँ, १७ कात्तिकः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अभियोगमा मालपोत कार्यालय भक्तपुरका नायब सुब्बा यदुनाथ आचार्यसमेत छ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

    आयोगका अनुसार आचार्यले रु नौ करोड ७२ लाख ७१ हजार ९८९ बराबर गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको जनाएको छ ।

    आयोगले आचार्य जिल्ला विकास समितिको कार्यालय, खोटाङमा गाविस सचिवमा नियुक्त भएको २०५४ माघ २ गतेदेखि सार्वजनिक पदमा बहाल रहेको २०८० मङ्सिर २१ गतेसम्मको अवधिको अनुसन्धान गरेको थियो । 

    आयोगका अनुसार, सो अवधिममा आचार्य र उनको एकाघरको परिवार÷सगोलमा रहेका व्यक्तिले रु छ करोड २५ लाख ६३ हजार ३४५ वैध आय गरेको देखिन्छ । यस्तै, सोही अवधिममा रु १५ करोड ९८ लाख ३५ हजार ३३५ बराबरको खर्च तथा लगानी गरेको पाइएको छ । 

    परीक्षण अवधिमा वैध आयभन्दा खर्च तथा लगानी बढी भएको पाइएको आयोगको ठहर छ । आयोगले रु नौ करोड ७२ लाख ७१ हजार ९८९ बराबर गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोप लगाएको छ । 

    आयोगले आचार्यको श्रीमती ललिता राजभण्डारी, छोरी निलु आचार्य र सरु आचार्यविरुद्ध समान बिगो बराबरको मागदाबी गरेको छ । यस्तै, भक्तपुर मध्यपुरथिमि–२ का प्रभा बस्नेत र काठमाडौँ पेप्सीकोलाका कुमारी कटुवालविरुद्ध रु ३८ लाख ८६ हजार १८२ बराबरको बिगो मागदाबी गरेको छ ।

    यस्तै, आयोगले आचार्य र उनका परिवारका सदस्यविरुद्ध पनि सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा ३ बमोजिमको कसुर गरेको अभियोगमा अर्को मुद्दा दायर गरेको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan