Friday 30th of October | २०८३ कार्तिक १३ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कोशी प्रदेश सरकार निर्णय

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १३ शुक्रबार | (रासस)

विराटनगर, १३ कात्तिकः कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले तीन महत्त्वपूर्ण निर्णय गरेको छ । सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बू शेर्पाका अनुसार कोशी प्रदेश सरकार कार्य विभाजन पहिलो संशोधन नियमावली-२०८३ स्वीकृत गर्ने निर्णय भएको छ । 

    कोशी प्रदेश सरकारले पर्यटकीय पूर्वाधार सञ्चालन तथा हस्तान्तरणसम्बन्धी कार्यविधि-२०८३ लाई मन्त्रिपरिषद्को आर्थिक, सामाजिक तथा पूर्वाधार समितिमा छलफल गरी मन्त्रिपरिषद्मा पेस गर्ने र कोशी प्रदेशमा सरकारी कामकाजको भाषा ऐन-२०८३ लाई १६औँ राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द को १४१औँ जन्मजयन्तीको दिन कात्तिक २५ गते लागू हुने र सो दिन प्रदेशमा भाषा दिवसको रूपमा सबै कार्यालयमा दीपावली गर्ने निर्णय भएको सरकारका प्रवक्ता मन्त्री शेर्पाले जानकारी दिनुभयो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan