Wednesday 4th of November | २०८३ कार्तिक १८ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

छ सय कलाकारलाई रोयल्टी वितरण

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १८ बुधबार | (रासस)

काठमाडौँ, १८ कात्तिकः सङ्गीत रोयल्टी सङ्कलन समाजले आज स्रष्टा तथा कलाकारहरुलाई रु ७ सयदेखि रु ७ लाखसम्मको एनसेल पिआरबीटी तथा टिकटकमार्फत प्राप्त रोयल्टी रकम वितरण गरेको छ । समाजले काठमाडौँमा विशेष कार्यक्रम गरी ६५८  स्रष्टा तथा कलाकारलाई उक्त रोयल्टी वितरण गरेको हो । 

    कार्यक्रममा सङ्गीतकार एवं नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव भूपेन्द्रसिंह रायमाझीले रोयल्टी वितरण गर्नुभएको थियो । उहाँले रोयल्टीले कलाकारको थप कला सिर्जना गर्न र श्रमको सम्मान गर्न सघाउ पुग्ने बताउनुभयो ।  

    कार्यक्रममा प्रज्ञा–प्रतिष्ठानका पूर्वउपकुलपति शम्भू राईले नेपाली गीत सङ्गीतको रचनात्मक विकास क्रमसँगै सर्जकको योगदानबारे प्रशंसा गर्नुभयो । गीतकार प्रमोद ढुङ्गानाले रोयल्टी कलाकारको जीविकोपार्जनसँग जोडिने महत्वपूर्ण आधार बनेको बताउनुभयो ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan