बालुवाटारमा गरिमा विकास बैंकको १२७औं शाखा सञ्चालनमा
काठमाडौं, १९ कात्तिक । ग्रामीण भेगदेखि शहरी क्षेत्रसम्म सरल, सुरक्षितएवं गुणस्तरीय बैंकिङ सेवाप्रवाहगर्दै आइरहेको गरिमा विकास बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा काठमाडौं महानगरपालिका वडा नं ३, बालुवाटारमा १२७औं शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।
हिजो १८ गते विकास बैंकले पहिलो पटक कारोबार सञ्चालन गरेको १९औं वर्षको विशेष अवसर पारेर हिजो बुधबारदेखि बालुवाटारस्थित आफ्नो केन्द्रीय कार्यालय रहेको भवनमा बालुवाटार शाखा कार्यालय सञ्चालनमा ल्याएको हो ।
विकास बैंकको अध्यक्ष दिलिप प्रताप खाँणको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्र बैंक, वित्तीय संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक विश्रुत थापाले बालुवाटार शाखाको उद्घाटन गर्नु भएको हो ।
सञ्चालनमा आएको बालुवाटार शाखामार्फत ग्राहकहरूले नियमित बैकिङ सेवाका अतिरिक्त एटिएम, लकर, विदेशी मुद्रा सटही लगायतका सेवाहरु प्राप्त गर्न सक्नेछन् ।
आमनागरिकको बैंकिङ सेवामा पहुँच अभिवृद्धि गर्ने, वित्तीय समावेशीकरणलाई थप सुदृढ बनाउने तथा ग्राहकहरूलाई सहज र विश्वसनीय बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यका साथ विकास बैंकले आफ्नो शाखा सञ्जाल विस्तारलाई निरन्तरता दिँदै आएको छ।
विकास बैंकले शाखा विस्तारलाई केवल भौगोलिक उपस्थितिको वृद्धिका रूपमा मात्र नभई स्थानीय आर्थिक गतिविधिको प्रवद्र्धन, उद्यमशीलताको विकास, बचत परिचालन तथा उत्पादनशील क्षेत्रमा वित्तीय पहुँच विस्तार गर्ने महत्वपूर्ण माध्यमका रूपमा लिएको छ ।
बालुवाटार क्षेत्रमा नयाँ शाखा सञ्चालनमा आएसँगै व्यक्तिगत तथा संस्थागत ग्राहकहरूको आवश्यकता अनुरूपका वित्तीय सेवा उपलब्ध गराउन र स्थानीय आर्थिक गतिविधिलाई थप चलायमान बनाउन सहयोग पुग्ने विश्वास विकास बैंकले लिएको छ ।
ISO 9001:2015 & 27001:2022 मान्यता प्राप्त विकास बैंकले देशका सातै प्रदेशमा फैलिएको शाखा सञ्जालमार्फत विभिन्न भौगोलिक क्षेत्रका करिब १० लाख ग्राहकहरूलाई सेवा प्रदान गर्दै आईरहेको छ ।


