परराष्ट्रमन्त्री खनालसँग अमेरिकी राजदूतावासकी कार्यवाहक प्रमुख बोल्डिनद्वारा शिष्टाचार भेट
न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १९ बिहीबार |
काठमाडौं, १९ कात्तिक । नेपालका लागि अमेरिकाकाे राजदूतावासकी कार्यवाहक प्रमुख मेगन बोल्डिनले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ।
सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटवार्तामा नेपाल-अमेरिका सम्बन्धका विविध पक्षबारे छलफल भएको थियो।
भेटका क्रममा दुई देशबीचको सम्बन्ध तथा आपसी हितका विभिन्न विषयमा कुराकानी भएको थियो।


