परराष्ट्रमन्त्री खनालसँग युरोपेली संघका नवनियुक्त राजदूत ह्वाइटलीको शिष्टाचार भेटवार्ता
न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १८ बुधबार |
काठमाडौं, १८ कात्तिक । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि युरोपेली संघ (ईयू) का नवनियुक्त राजदूत चार्ल्स ह्वाइटलीले शिष्टाचार भेटवार्ता गर्नुभएको छ।
सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटवार्ताका क्रममा परराष्ट्रमन्त्री खनालले राजदूत ह्वाइटलीलाई नियुक्तिका लागि बधाई दिँदै उहाँको सफल तथा सुखद कार्यकालको शुभकामना व्यक्त गर्नुभयो।
भेटका अवसरमा उहाँहरूबीच आपसी हितका विविध विषयमा विचार आदानप्रदान भएको थियो।
साथै, नेपाल र युरोपेली संघबीचको सम्बन्धलाई थप सुदृढ बनाउने तथा आगामी दिनमा पारस्परिक सहयोग र सहकार्यलाई अझ विस्तार र गहिरो बनाउने उपायबारे छलफल भएको थियो।

