Thursday 5th of November | २०८३ कार्तिक १९ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

इजरायलले गाजामा बाल स्वास्थ्य र उपचार अस्वीकार गर्दछ : मानवअधिकारवादी

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १९ बिहीबार | (रासस\क्यूएनए)

गाजा, १९सात्तिक : ‘यूरो–मेडिटेरेनियन ह्युमन राइट्स’ का परिवेक्षकहरुले इजरायली आक्रमणले गाजामा अक्टोबर ९ सम्ममा एक हजार १३४ बच्चाहरूलाई विकलाङ् बनाएर छोडेको उल्लेख गर्दे उपचार, पुनर्वास र आवाश्यक उपकरणहरूमा प्रतिबन्धले उनीहरूको पीडा झनै बढेको उल्लेख गरेका छन् । 

उनीहरुले व्यवहारमा बाधा पुर्याउनु गाजामा प्यालेस्टिनीहरू विरुद्धको नरसंहारको हिस्सा भएको उल्ल्ेख गर्दै परिवारहरूले पनि आवास, आय र आधारभूत सेवाहरूको अभावको बोझ बोकेको जनाएका छन् ।

अधिकारवादी पक्षले बाल विकलांगहरूलाई दीर्घकालीन चिकित्सा हेरचाह, पुनर्वास, मनोवैज्ञानिक समर्थन र लगायतका सवालहरु बढेदै जाँदा समायोजित गर्न आवश्यकरहेको विषयमा जोड दिएका छन् ।

गत मे महिनामा जारी गरिएको विश्व स्वास्थ्य सङ्गठनको रिपोर्टलाई उद्धृत गर्दै युरो–मेडले सन् २०२४ सेप्टेम्बर देखि सन् २०२६ मे का बीचमा अङ्गविच्छेदनको मूल्याङ्कन गरिएका करिब  दुई हजार ३०० मध्ये करिब ५०० जनाले मात्र पुनःस्थापना प्राप्त गरेको बताइएको छ ।

उनीहरुले बिरामीहरूको अवस्था र चिकित्सा निकासीमा जारी प्रतिबन्धले बच्चाहरूलाई गाजामा उपलब्ध नभएका विशेष उपचारको पहुँचबाट वञ्चित गरेको विषयमा जोड दिँदै उनीहरूको पीडालाई थप लम्बाइ उनीहरूको स्वतन्त्रतालाई सीमित गरेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan