Saturday 7th of November | २०८३ कार्तिक २१ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

दीपावलीले आपसी सद्भाव, एकता र भाइचाराको भावना बलियो बनाउने विश्वास

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २१ शनिबार | (रासस)

सुदूरपश्चिम, २१ कात्तिकः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले नेपालीहरूको सांस्कृतिक तथा धार्मिक पर्व दीपावलीले आपसी सद्भाव, भाइचारा र एकताको भावना बलियो बनाउने विश्वास व्यक्त गर्नुभएको छ । 

    शुभ दीपावलीका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले दीपावली उज्यालो, उमङ्ग, आपसी सद्भाव, भाइचारा र एकताको प्रतीक भएको उल्लेख गर्नुभएको छ ।

    मुख्यमन्त्री भट्टले दीपावलीले अन्धकारमाथि उज्यालो, असत्यमाथि सत्य र निराशामाथि आशाको विजयको सन्देश दिने बताउनुभएको छ । विविध जातजाति, भाषा, धर्म, संस्कृति र परम्पराले समृद्ध नेपाली समाजमा यस्ता पर्वले सामाजिक सद्भाव, सांस्कृतिक एकता र आपसी आत्मीयतालाई थप प्रगाढ बनाउँदै आएको उहाँको भनाइ छ ।

    मुख्यमन्त्री भट्टले सुदूरपश्चिम प्रदेशको समृद्धि, विकास र समुन्नतिका लागि सबैले हातेमालो गर्दै अघि बढ्नसमेत आह्वान गर्नुभएको छ ।  स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै उहाँले हरेक घरपरिवारमा खुसी, शान्ति र समृद्धिको उज्यालो छर्न सकोस् भन्ने कामना पनि गर्नुभएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan