Thursday 12th of November | २०८३ कार्तिक २६ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

भीमफेदी दुर्घटनाप्रति गगन थापाद्वारा दुःख व्यक्त, मृतकप्रति श्रद्धाञ्जली

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २६ बिहीबार |
newsabhiyan

काठमाडौं । काठमाडौंबाट सर्लाहीको सुन्दरपुरतर्फ जाँदै गरेको गाडी मकवानपुरको भीमफेदी नजिक चिसापानीगढीमा दुर्घटना हुँदा १० जनाको मृत्यु भएको घटनाप्रति नेपाली कांग्रेसका नेता गगन थापाले गहिरो दुःख व्यक्त गरेका छन्।

थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत दुर्घटनामा १० जनाको दुःखद निधन भएको खबरले आफू स्तब्ध एवं अत्यन्तै मर्माहत भएको उल्लेख गरेका छन्।

उनले दुर्घटनामा ज्यान गुमाउने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन्। साथै, दुर्घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन्।

थापाले दिवंगत आत्माहरूको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवारजनलाई असह्य पीडा सहन सक्ने शक्ति प्रदान होस् भन्ने कामना गरेका छन्।

भीमफेदीको चिसापानीगढीमा भएको उक्त दुर्घटनाले ठूलो मानवीय क्षति पुर्‍याएको छ। घटनापछि मृतकका परिवार तथा आफन्तजन शोकमा डुबेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan