Thursday 12th of November | २०८३ कार्तिक २६ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

रुपन्देहीमा अश्लील नृत्य गरेको आरोपमा थप तीन महिला नियन्त्रणमा

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २६ बिहीबार |

काठमाडौं । रुपन्देहीमा सार्वजनिक स्थानमा देउसी–भैलो कार्यक्रमका नाममा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा प्रहरीले थप तीन महिलालाई नियन्त्रणमा लिएको छ।

नियन्त्रणमा लिइएकाहरूमा पूजा ठकुरी, सपना चौधरी र बिपना मगर रहेका छन्। उनीहरूलाई सार्वजनिक स्थानमा नेपाली मौलिक कला, संस्कृति, सामाजिक शिष्टाचार तथा नैतिकताविपरीत हुने गरी नृत्य प्रदर्शन गरेको आरोपमा नियन्त्रणमा लिइएको हो।

यसअघि प्रहरीले रुपन्देहीको देवदह नगरपालिका–७ की ३० वर्षीया चाहना थापा र सर्लाहीको हरिवन नगरपालिका–३ की २१ वर्षीया प्राप्ती बस्नेतलाई पक्राउ गरेको थियो।

उनीहरूले रुपन्देहीका विभिन्न स्थानमा आयोजित देउसी–भैलो कार्यक्रममा अश्लील नृत्य प्रदर्शन गरेको आरोप छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी कृष्णकुमार चन्दका अनुसार उनीहरूलाई बुधबार राति करिब १२ः०५ बजे लुम्बिनी सांस्कृतिक नगरपालिका–१० स्थित महिलवार बजारबाट पक्राउ गरिएको थियो।

यससँगै उक्त प्रकरणमा नियन्त्रणमा लिइएका महिलाको संख्या पाँच पुगेको छ।

देउसी–भैलोजस्तो मौलिक सांस्कृतिक पर्वको नाममा हुने गतिविधिले सामाजिक मर्यादा र सांस्कृतिक मूल्यमा असर पार्न नदिन सम्बन्धित निकायले निगरानी तथा कानुनबमोजिम निष्पक्ष अनुसन्धान गर्नुपर्ने देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan