Wednesday 18th of November | २०८३ मङ्सिर २ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

फिलिपिन्ससँग सहकार्य बढाउन ट्रम्पको जोड

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर २ बुधबार | (रासस-एएफपी)

मनिला, २ मङ्सिर : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फिलिपिन्ससँग रक्षा तथा ऊर्जा क्षेत्रमा सहकार्य विस्तार गर्ने बताउनुभएको छ ।

उहाँले फिलिपिन्सको पहिलो आधुनिक आणविक ऊर्जा परियोजनामा अमेरिकी प्रविधि उपयोग गर्न सकिने उल्लेख गर्नुभयो ।

राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले बुधबार मनिलास्थित राष्ट्रपति भवनमा ट्रम्पलाई सैनिक टुकडी र ब्यान्डसहित स्वागत गर्नुभएको थियो ।

भ्रमणका क्रममा करिब एक हजार प्रदर्शनकारीले अमेरिकी नीतिको विरोध गर्दै प्रदर्शन गरेका थिए ।

अमेरिका र फिलिपिन्सबीच दक्षिण चीन सागरको क्षेत्रीय परिस्थिति तथा ताइवान आसपासको अवस्थालगायत विषयमा आपसी समझदारी र सहकार्य हुँदै आएको छ ।

राष्ट्रपति मार्कोसको कार्यकालमा अमेरिकी सेनाको पहुँच र संयुक्त सैन्य अभ्यास विस्तार भएको छ । गत अप्रिलमा १७ हजारभन्दा बढी सैनिक सहभागी १९ दिने संयुक्त अभ्यास गरिएको थियो ।

ट्रम्प बुधबार एपेक बैठकमा सहभागी हुन चीन जाने कार्यक्रम थियो । उहाँले चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गर्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan