Wednesday 18th of November | २०८३ मङ्सिर २ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सिंगापुरको निर्यातमा उछाल, अक्टोबरमा ७९.८ प्रतिशतले बढ्यो

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर १ मंगलबार | (रासस/सिन्ह्वा)

कृत्रिम बौद्धिकता (एआई) सम्बन्धी उत्पादनको माग निरन्तर बढेसँगै सिंगापुरको गैरतेल घरेलु निर्यात (एनओडीएक्स) सन् २०२६ को अक्टोबरमा वार्षिक रूपमा ७९.८ प्रतिशतले वृद्धि भएको छ ।

सिंगापुरको इन्टरप्राइज सिंगापुरले मंगलबार जारी गरेको विवरणअनुसार सेप्टेम्बरमा ६८.३ प्रतिशतले बढेको गैरतेल घरेलु निर्यातले अक्टोबरमा पनि उच्च वृद्धि कायम गरेको हो ।

एआईसँग सम्बन्धित उत्पादनको निरन्तर मागका कारण इलेक्ट्रोनिक वस्तुको गैरतेल निर्यात ७३.९ प्रतिशतले बढेको छ । त्यस्तै, गैरइलेक्ट्रोनिक वस्तुको निर्यातमा ८१.९ प्रतिशतको वृद्धि भएको छ ।

यसैगरी, गैरतेल पुनःनिर्यात पनि अक्टोबरमा वार्षिक रूपमा ४८.१ प्रतिशतले बढेको छ । सेप्टेम्बरमा यस्तो निर्यात ४७.८ प्रतिशतले वृद्धि भएको थियो ।

पुनःनिर्यातअन्तर्गत इलेक्ट्रोनिक वस्तुमा ६९.१ प्रतिशत र गैरइलेक्ट्रोनिक वस्तुमा १५ प्रतिशतको वृद्धि भएको विवरणमा उल्लेख छ ।

त्यस्तै, अक्टोबरमा सिंगापुरको कुल वस्तु व्यापार ५०.७ प्रतिशतले बढेको छ । अघिल्लो महिना अर्थात् सेप्टेम्बरमा कुल वस्तु व्यापार ५०.८ प्रतिशतले वृद्धि भएको थियो ।

अक्टोबरमा निर्यात र आयात दुवैमा वृद्धि भएको सिंगापुरको इन्टरप्राइज सिंगापुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan